बियर बोकेको ट्रक सहित मानिस नियन्त्रणमा



             सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाँउपालीका मा एउटा मिनी ट्रकमा बियर कोकोला लगाएतका सामाग्री बोकेर गाँउमा जान लागेको अबस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक सुचना अधिकारी माधब प्रसाद काफ्लेका अनुसार  चैत्र१६ गते  साँझ पाँच  बजेको समयमा .ईन्द्रावती गा.पा. ११ बोटगाउँ स्थित ढाँडखोला बाट बोटगाउँ तर्फ तेल,कोकाकोला र बियर  लिएर जादै गरेको बा.५ ख. ८७४२ नम्बरको मिनिट्रकलाई नियन्त्रणमा लिईएको हो । हाल उक्त मिनिट्रक तथा चालक . ईन्द्रावती गा.पा.१२ भिमटार बस्ने बर्ष २३ को राज कुमार दनुवार प्र.चौ.भिमटारको नियन्त्रणमा रहेको छ ।

, , ,