बजारमा माक्स कृत्रिम अभाव गर्नेलाइ दूइ लाख जरिवाना


वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले क्षेत्रपाटीको नेपाल केयर सर्जिकल सप्लायर्सलाई कालोबजारी गर्ने उद्देश्यले माक्स लुकाएको  कारण  २ लाख रुपैयाँ जरिवाना गरेको छ। त्यस्तै क्षेत्रपाटीकै सचिन ट्रेड कन्सर्नलाई पनि १० हजार रुपैयाँ जरिवाना गरिएको छ। विभागले मंगलबार देखी बजार अनुगमन मेडिकल क्षेत्रमा केन्द्रित बनाएको छ।

पछिल्लो समय कोरोना भाइरस संक्रमणको त्रासमा सर्जिकल माक्स, सेनिटाइजेसनलगायत वस्तुको बजार माग बढिरहेको अवस्थामा त्यस्ता वस्तु लुकाउने र बढी मुल्यमा बेच्ने गरेको गुनासो आएपछि विभागले अनुगमन तीव्र बनाएको हो।बजारमा सर्जिकल माक्सको कृत्रिम अभाव देखिएपछि विभागले यो हप्तामात्रै १ दर्जन बढी मेडिकलहरुमा अनुगमन गरेको जनाएको छ। अनुगमनका क्रममा औषधि पसल, डिपार्टमेन्टल स्टोर, खुद्रा पसलमा केही समयअघि सजिलै पाइने सर्जिकल माक्सको कृत्रिम अभाव सिर्जना गरेर मुल्य दोब्बर बनाइएको भेटिएको विभागले जनाएको छ। यता सिन्धुपाल्चोक जिल्लामा पनी यस्तो अभाव गर्ने र नागरिकलाइ सामान भइ भइ बढी मुल्यमा बेच्नेलाइ कडा कार्बही गरिने प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउँनु भएको छ । जिल्ला सम्मन्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङ्गले जिल्लाका बाह्र्वटै स्थानीय तहका प्रमुख उपप्रमुख लगाएत सबै जनप्रतिनिधी एवम स्वास्थ्य कर्मी तथा सर्बसाधरणले जिल्ला सुरक्षा समितीको निर्णयअनुसार काम गर्न र रोगको रोकथामका लागी ध्यान केन्द्रीत गर्न अनुरोध गर्नु भएको छ ।

, ,