कोरोनाका कारण भ्रमणबर्ष स्थगित सभासम्मेलन भोजभतेर नगर्न सरकारको आग्रह


कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष स्थगित गरेर सन् २०२२ लाई भ्रमण वर्ष घोषणा गर्ने प्रस्ताव राख्नु भएको थियो नेपालसरकार  स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले महामारीको रुप लिए देशभर स्वास्थ्य संकटकाल घोषणा गरिने जानकारी दिनुभएको छ ।ढकालले  मन्त्रालयले जिम्मेवारी सम्हालेको १०० औं दिन पुगेको अबशरमा  आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो संकेत गर्नुभएको हो । सरकारले सरकारी र निजी अस्पताललाई समेत कोरोनाबाट बच्न पूर्वतयारीका साथ रहन आह्वान गरी २ महिनादेखि ४३ बेड आइसुलेसन ठीक अवस्थामा राखेको समेत बताउँनु हुँदै यसबाट बच्न सीमा सुरक्षामा समेत विशेष ध्यान दिनुपरेकोले विमानस्थलमा स्वास्थ्य परीक्षण डेस्क खडा गरी जनशक्ति बढाइएकाले अब जहाज चढ्नअघि र जहाजबाट उत्रिएपछि स्वास्थ्य परीक्षण गर्ने वातावरण मिलाइएको छ । यसैगरी  नै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबाट सन् २०२० को मार्च महिनामा स्वदेश तथा विदेशमा गरिने प्रचारप्रसारका कार्यक्रम हाललाई स्थगन गर्ने निर्णय गरेको छ ।पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा कोरोना भाइरसको विश्वव्यापी प्रभाव तथा मन्त्रालय र अन्तर्गतका निकायहरुबाट गर्नुपर्ने रोकथाम एंव पूर्वतयारीका कार्य सम्बन्धमा बसेको बैठकले सो निर्णय गरेको हो। यसै बिच  कोरोनाको उच्च जोखिममा परेको हुँदा  नेपालमा  कुनै पनी  सभा–सम्मेलन, भोजभतेर र कार्यक्रम नगर्न सरकारले अपिल गरेको छ । विश्व स्वास्थ्य संगठनले चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको उच्च जोखिममा नेपाल पनि रहेको चेतावनी दिएपछि सरकारले सतर्कता अपनाउन सुरु गरेको छ । आइतबार मात्रै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रालयमै पत्रकार सम्मेलन गरी तत्कालका लागि ठूला सभा–सम्मेलन तथा भोजभतेरसहितका कार्यक्रम नगर्न आग्रह गर्नुभएको हो ।  यसै बिच दुइ नेपालीलाइ कोरोना भाइरसको संक्रमणको आशंकामा विदेशबाट नेपाल आएका २ जनालाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ । दक्षिण कोरिया र चीनबाट स्वदेश फिर्ता भएका दुईजना नेपालीलाई अस्पताल भर्ना भएकोे अस्पतालका प्रवक्ता अनुप बाँस्तोलाले बताउँनु भयो  ।दक्षिण कोरिया र चीनको कोरोना भाइरस संक्रमण प्रभावित क्षेत्रबाट फर्केका नेपाली नागरिक घर आइसकेपछाडि ज्वरो आउँदा अस्पताल आएका कारण उनीहरुलाई आइसोलेसन वार्डमा राखिएको बताइएको छ  । चीन र कोरियाबाट फर्किएलगत्तै ज्वरो आएपछि उनीहरु स्वास्थ्य परीक्षणका लागि टेकु अस्पताल पुगेका थिए । ती दुई देशबाट आएका २१ जनालाई आइसोलेसन वार्डमा राखिएको समाचार श्रोतले बताएको छ श्रोतका अनुसार  उनीहरुको स्वास्थ्य परीक्षणपछि नमुना संकलन गरेर ल्याबमा पठाइएको छ  ।

, , , , , , , , , , ,