सिन्धुपाल्चोकका बिरामीलाइ कोरोना लागेको छैन


सिन्धुपाल्चोक  जिल्लाको  बाह्रबिसे प्राथमिक स्वास्थ्य चौकीमा आइशोलेशन वार्डमा रहेका   बिरामीलाइ  कोरोना नभएको पुष्टी भएको छ । आइशोलेशन वार्डमा रहेका   तीन जनाको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरस (कोभिड(१९) को आशंकामा अस्पताल भर्ना भएका तीनै जनाको रिपोर्ट नेगेटिभ आएको बाह्रबिसे प्राथमिक स्वास्थ्य चौकीले जनाएको छ ।

आइशोलेशन वार्डमा रहेका भोटेकोशी गाउँपालिका ४ का निमा स्याङ्बो शेर्पा, याङ्जी शेर्पा र छिरिङ दोर्जे लामाको रिपोर्ट नेगेटिभ आएको हो । गत १३ गते उनीहरु स्वास्थ्य केन्द्रमा भर्ना हुनु भएको थियो । गएको माघ २९ गते इराकबाट फर्केकी ती आमा छोरी र छिमेकी वृद्ध छिरिङ दोर्जे काठमाडौंमा सँगैं बस्दै आएका र लामो समयदेखि सुक्खा रुघाखोकीको लक्षण देखिएकाले स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य केन्द्रमा आएको स्वास्थ्यकर्मीले बताएका छन् ।

, , , ,