बिदेसबाट आउँने मानीस लुकाउँने र लुक्ने दुबैलाइ कार्बाही


नेपालमा समेत देखापरेको कोरोना भाइरस (कोभिड(१९) सन्धिुपाल्चोक जिल्लामा भित्रन नदीन बिभिन्न सतर्कता अपनाइएको छ ।
जिल्ला सम्मन्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङ्गको संयोजनमा बिभिन्न पालीकाहरुमा रोग लाग्न नदीन सचेतना तथा यसका लागी तिन वटै  नगर पालीकामा  आइशोलेसन वार्ड  स्थपना गर्ने  निर्णय सहित कार्य अगाडी बढी रहेको छ । जिल्ला सम्मन्वय समितीका प्रमुख  तामाङ्गले बिदेसबाट आएकाहरुले सरकारले तोकेको मापदण्ड अनुसार क्वारेन्टाईनमा बसेर आफु र आफ्ना परिबारहरु स्ुरक्षित रहन अनुरोध गर्दै यसलाइ अटेर गरेर बिदेसबाट आएकालाइ लुकाउँने र लुक्ने दुबैलाइ  सरकारले कार्बही गर्ने बताउँनु भयो । उँहाले आइशोलेसन वार्डमा  बस्दैमा सानो हुने होइन  भन्दै यस्तो भ्रममा नपर्न समेत अनुरोध गर्नु भएको छ ।  बिदेसबाट आउँनेहरुलाइ  स्थानीय सरकारले खोजी खोजी उनीहरुको परिक्षण गरिरहेको छ । चौतारा साँगाचोकगढी नगरपालिकामा पनी यो रोग  भित्रन नदिनको लागी चौतर्फी सचेतना अपनाइएको छ। नगर प्रमुख अमान सिंह तामाङ्गले सम्पुर्ण नगरबासीहरुलाई फेरिपनि अनुरोध गर्छु, कृपया अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्किन भन्दै  यो रमाइलो गर्ने बेला होइन, सचेत रहनुहोस, सरकारले लागु गरेको लकडाउनलाई सबैले समर्थन गर्न अनुरोध गर्नु भएको छ भने ।चौतारा सागाचोकगढी नगरपालिका वडा नम्बर ११ का विभिन्न टोल वस्तिमा कोहि फागुनको अन्तिम हप्ता देखि यता विदेश तथा छिमेकी देश भारतबाट नेपाल आउनुभएको र गाउँ आइ बस्नु भएको छ , या गाउँ आएर शहर फर्केर बस्नुभएको छ भने तुरुन्तै सम्पर्क राख्न सुचना नै जारी गरेको छ  । वडा ले धेरैको डाटा संकलन गरिसकिएको छ । झुक्याउने लुकाउने काम नगर्नु होला । किनकी पहिले तपाईंको स्वास्थ्य हो । अनि तपाईंको परिवार गाउँ समाज र रास्ट्रको हो । तपाई स्वस्थ रहनुस । परिवार समाज र देशलाई महामारीबाट जोगाउनुस । त्यो यहाँको कर्तव्य हो । अन्यथा लुकाउने झुक्याउने काम भएमा राज्यले कार्बाही गर्नेछ । त्यसैले आफू बाचौ अनि अरुलाइ बचाऔ । यहाँहरुले तुरुन्त निम्न नम्बरमा फोन गरि आफ्नो बारेमा जानकारी गराउनुहोला  भन्दै ९८६१८०५१३२, ९८५१२२२२९३, ९८५१२१११७१सम्पर्क मोबाइल नम्बर हरु दिइएको । वडा नं १४ मा भने केही ब्यक्ती दुबइ बाट आएको र छिमेकी मुलुक भारतबाट आएका मानीसहरु रहेको वडाअध्यक्ष ले बताउँनु भएको छ । उँहाका अनुसार क्वारेन्टाईन बसेर आएको बताइएको छ । यस सम्बन्धमा छानबिन भइरहेको समेत उँहाले बताउँनु भयो । यसै गरि इन्द्रावती गाँउपालीकामा  पनी बिदेसबाट आएका माानीसहरुलाइ  निगरानीमा राखिएको छ ।


, ,