मितेरीले गर्यो तीन दिने तालिम

लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्ला  बाह्र्रबिसे नगरपालिका स्थित बाह्रबिसे मितेरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले तीन दिने हाते ट्रयाक्टर मर्मत तालीम सञ्चालन गरेको छ । सहकारीको आयोजानामा ३ दिने हाते ट्रयाक्टर मर्मत तालिम सम्पन्न गरेको हो । संस्थाको सामाजिक र बहुउद्देश्य अनुसारको काम २०५२ साल देखि सामाजिक र कृषि क्षेत्रमा कृयाशिल हुदै कृषि क्षेत्रमा परिबर्तन गरि नयाँ आधुनिक ढंगबाट कृषकहरूलाई सक्षम र लाभ पुग्ने उद्देश्यले तालिम दिईएको संस्थाले जनाएको छ । सरकार, अन्य संघसंस्थाहरुले र कृषक आफैले ट्रयाक्टर अनुदानमा वितरण त ग¥यो तर मर्मत गर्न सिकाएन त्यसैले यो कार्यक्रमको आयोजना गरिएको समेत संस्थाले जनाएको छ । अनुदानमा आएको ट्रयाक्टर केहि दिनको प्रयोग पछी थन्क्याएर राख्ने काम र कसैले महङ्गो खर्च गरे मर्मत गरेर चलाएको भए पनि कसरी चलाउने भन्ने ज्ञान नभाकोले ट्याक्टरको प्रभावकारी प्रयोग नभएको कारण मर्मत तथा चलाउने तालिम दिएको सहकारीको अध्यक्ष एवं कार्यक्रमको सभापति हेमन्त श्रेष्ठले जानकारी दिनुभयो । उहाँले अन्य साधनहरुको मर्मत केन्द्रहरु भए पनि ट्रयाक्टर मर्मत केन्द्र यस जिल्लामा नभएकोले जिल्ला पहिलो पटक यस संस्थाले आयोजना गरेको जानकारी दिनु भयो र आगामी दिनहरूमा पनि जनतालाई प्रत्यक्ष सहयोग पुग्ने कार्यक्रम लाउने र सबैको सल्लाह र सहयोग गर्न अनुरोध समेत गर्नुभयो । यस तालिम कविता एग्री प्रा.लि काठमाडौंको प्रशिक्षण सहयोग र साझेदारीको रूपमा सुनकोशी गाउँपालिका तथा ४ नं वडा कार्यालय बाह्रबिसे नगरपालिको सहयोगमा तालिम दिईएको थियो । कबिता एग्री प्रा. लि. का संचालक एवम् प्रशिक्षक सचिन जोशीले सहभागीहरू निकै खुशि भएको र यो तालिम लिन पाउनु भन्दा धेरै तालिम छ रे भन्दा धेरै खुशी लागेको र उत्साहका साथ सहभागी भएको बताउनु भयो र प्रशिक्षक ३ जनाको टिमले तालिम दिनु भएको थियो । उक्त तालिम कार्यक्रममा उद्घाटन वडा नं ४ बाह्रबिसे नगरपालिका वडा अध्यक्ष ज्ञानेन्द्र प्रसाद श्रेष्ठले गर्नु भएको थियो । उद्घाटन गर्दै  उहाँले यस्तो नयाँ र प्रभावकारी कार्यक्रम गर्नु भएकोमा र ४ नं वडा कार्यालयले सहयोग गर्न पाउँदा निकै खुशी भएको र कृषकहरूको चेतनाको विकास भै देशको कृषि विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो र सरकारले गर्नुपर्ने कार्य सहकारीले गर्दा कता कता मानमा दुबिधा भएको आगामी दिनहरुमा यस्तो कार्य गर्ने र सहयोग गर्ने प्रतिज्ञा गर्नुभएको थियो । उक्त उद्घाटन कार्यक्रममा सहकारी संस्थाका सचिव रन्जितमान श्रेष्ठले स्वागत  मन्तव्य राख्नु भएको थियो भने समापन  कार्यक्रममा प्रमुख अतिथि अरनिको कलेज प्रमुख यम बहादुर बस्नेतले गर्नु भएको थियो । समापनमा बोल्दै बस्नेतले एकदम राम्रो कार्यक्रम गरेको र समय सापेक्ष काम गरी कृषि क्षेत्रलाई ठुलो लाभ लिन सक्ने भएकोले तालिम लिएर गाउँघरमा सहयोग पुग्ने र व्यक्तिगत रूपमा पनि आर्थिक लाभ हुने भएकोले यस्तै कामबाट नै समाजको विकास हुने र संस्थाको पनि हित हुने भएकोले सबै सहकारीहरूले यस्तो रचनात्मक जनतालाई फाइदा पुग्ने कार्य गर्नु पर्ने र मितेरी बहुउद्देश्यीय सहकारी संस्था यस्तो कार्यमा पहिलो र अवल भएको र धन्यवाद व्यक्त गर्नुभयो । सो समापन कार्यक्रममा स्वागत मन्तव्य सहकारीका सह–सचिव कृष्णहरी श्रेष्ठले राख्नु भएको थियो भने मन्तव्य राख्दै कविता एग्रो प्रा.लि. का संचालक सचिन जोशी र सहभागीहरूको तर्फबाट पनि २ जनाले  मन्तब्य राख्दै यो कार्यक्रमबाट धेरै खुशी लागेको र नयाँ अनि कति आवश्यक तालिम आयोजना गरेको  बताएका थिए । सहभागीहरुले पहिला जानेर मात्र ट्रयाक्टर खरिद गर्नु पर्ने रैछ नत्र धेरै दुःख र समयको घाटा हुने रहेछ भन्दै सबै हिसाबले यो तालिम प्रभावकारी भएको बताएका थिए । सहभागिहरूको तर्फबाट सबै आयोजक सहयोगी संस्था र विशेष धन्यवाद कविता एग्रीलाई दिनु भयो । ३ दिन सम्म  खान–बस्न आयोजक संस्थाले व्यवस्था गरेको थियो । २०७६ फागुन २३ देखी २५ गतेसम्म तालिम गरिएको थियो भने सहयोगि संस्थाहरुलाई कदर पत्र र सहभागीहरूलाई प्रमाण–पत्र साथै अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।


,