कोरोनाको त्रास सिन्धुपाल्चोकमा कतै ‘वास सेन्टर’, कतै पालिका छिर्न परीक्षण


अर्जुन शर्माः चौतारा  सिन्धुपाल्चोकका १२ वटा स्थानीय तहले कोरोना भाइरस संक्रमणबाट बच्न र सम्भावित जोखिम आँकलन गरी विशेष तयारी गरेका छन् ।

कोभिट–१९ अर्थात कारोना भाइरसको उच्च सतर्कता अपनाउँदै सिन्धुपाल्चोकका दुई  स्थानमा आइसोलेसन वार्ड स्थापना भइसकेको छ । जिल्ला स्वस्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा आइसोलेसन वार्ड तयार भइसकेको जानकारी दिनुभएको छ । चापागाईका अनुसार चौतारा र बाह्रबिसे सँगै सात स्थानमा आइसोलेसन वार्ड स्थापना गरिने भएको छ ।
जिल्लामा हालसम्म तयार भएका आइसोलेसन बाहेक चौतारा साँगाचोकगढी नगरपालिकाको मेलचौर, त्रिपुरासुन्दरी, गाउँपालिकाको तौथली मेलम्चि, जलबिरे र पाँचपोखरी थाङपाल गाउँपालिकाको तिपेनीमा बढी क्षमताका आइसोलेसन वार्ड सञ्चालनमा ल्याउने तयारी छ ।
यस सँगै जिल्लको समन्वय समितिको नयाँ निर्माण भएको भवनलाई समेत आइसोलेसन वार्ड बनाउने तयारी भएको जिल्ला समन्वय समिकिा प्रमुख कृष्ण गोपाल तामाङले बताउनुभएको छ । यस्तै कोरोनाको प्रभावका कारण गरिएको कालोबजारी बिरुद्ध बजार अनुगमन तीव्र कोरोनाको प्रकोपको कारणले बजारमा कृतिम अभाव सिर्जना गराइ कालोबजारी गर्ने बढेपछि बजार अनुगमन तिव्र पारेका छ ।
 बजारमा दैनीक उपभोग्य सामाग्रीको आपुर्ति सहज र नियमित वनाउन जिल्ला प्रशासन, प्रहरी  कार्यालय र स्थानीय सरकारले वजार अनुगमन तीव्र पारेका हो ।  पेट्रोलियम पदार्थ कालोबजारी गरेको आरोपमा शुक्रवार जिल्ला प्रहरी कार्यालयले चौतारामा दुई जनालाई पक्राउ गरी कार्वाही अगाडी वढाएको जनाएको छ । किराना पसल सञ्चालन गरी वस्ने ज्ञानीमाया दुलाल र हरीवहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरी कारवाही अगाडी वढाएको हो ।
त्यस्तै, मेलम्ची नगरपालिका, वजार अनुगमन समितिले वजार अनुगमन गरी दैनिक उपभोग्य सामाग्रीको लगत संकलन गरेको छ । दर्ता नगरिएको र नियम अनुसार नचलाईएका चार पसल नगरपालिकाले वन्द गराएको छ ।
यस सँगै हेलम्बु र इन्द्रावती गाउँपालिकाले बाहिरबाट आउने व्यक्तिहरुको स्वास्थ परिक्षणपछि मात्रै प्रवेश गराउने निर्णय गरेको छ । गाँउपालिकाको गाँउ क्षेत्र प्रवेश गर्नै सबैलाई तापक्रम मापन गर्ने, सावुन पानीले हात धुन लगाई कोरोना भाईरसबारे स्वास्थ्य सचेतना सन्देश दिई स्वागत गर्ने गरेको हेलम्बु गाउँपालिका प्रमुख निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभएको छ ।
यस्तै बलेफी गाँउपालिमा पनि‘वास सेन्टर’ शुरु गरिएको छ । वास सेन्टरमा सावुन पानीले हात धोएपछि मात्र सेवा प्रदान गर्ने गरिएको पालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिनुभएको छ ।यस्तै जुगल गाँउपालिकामा पाहुना प्रतिबन्ध गरेको छ । जुगल गाँउपालिकामा शुक्रवार वसेको वैठकले विपद् व्यवस्थापनमा यस्तो जिर्णय गरेको हो ।
विपद् व्यवस्थापन समितिको वैठकले कुनैपनि धार्मिक, साूँकृतिक कार्यक्रम तथा कुनैपनि कार्यक्रममा रोक लगाइसकेको छ ।

, ,