पासको दुरुपयोग गरी यात्रु बोक्ने गाडी प्रहरी नियन्त्रणमा



 जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक ले पासको दुरुपयोग गरी यात्रु बोक्ने सवारी साधनलाइ कार्बाही गरेको छ । प्रहरीलाइ झुक्याएर माक्स लिन जाने भन्दै पास बनाएर बढी भाडा लिइ यात्री बोकेको कारण सिन्धुपाल्चोकमा  प्रहरी ले सवारी साधनमाथी कार्बाही गरेको हो ।

शुक्रबार बिहान गस्तीमा खटिएको प्रहरी टोलीको चेकिङका क्रममा काठमाण्डौ बाट मेलम्ची तर्फ आउँदै गरेको सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गा.पा.वडा नं.६ बस्ने कमल तामाङले चलाएको बा ३ च ३४९० नं. को टोयोटा ल्याण्ड क्रुजर गाडी रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक चौताराबाट माक्स खरिद गरी ल्याउनको लागि बिहीबार जारी गरिएको सवारी पास रहेको थियो । त्यही पासको  दुरुपयोग गरी उक्त गाडीमा ४ जना बालबालिका सहित १३ जना यात्रुहरु बोकी जिल्ला सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गा.पा. जान हिँडेको अबस्थामा उक्त नं.को सवारी साधन प्रहरी टोलीले नियन्त्रणमा लिई ई.प्र.का. मेम्चीका प्रमुख प्र.नि. फल बहादुर तामाङले यात्रुहरु तथा सवारी चालकलाई विश्वभरी महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरसको संक्रमणलाई रोक्न तथा त्यसको असरबाट बच्ने उपाय बारे सचेत गराई छाडिएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक माधब काफ्लेले जानकारी दिनु भएको छ  ।


, , ,