नकुल नेपालद्धारा१४ नंमा निशुल्क खाना खुवाउँने घोषणा
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगानचोक गढी नगर पालीका वडा नं १४ मा कोही दैनिक ज्यालादारी भएर खानाको समस्या भएमा स्थानीय समाज सेवी नकुल नेपालले वडा कार्यलय मार्फत खाना खुवाउँने बताउँनु भएको छ।
सामुदायक स्वास्थ्य इकाइका प्रमुख रमेश गौतम डडुवा भवानी शंङ्कर माबीका प्रअ बद्री प्रसाद नेपाल,झमलादेबी आधारभुत बिद्यालयका प्रअ लालबहादुर श्रेष्ठ, सेतीदेबी आधारभुत बिद्यालयका प्रअ रिसीराम नेपाल लगायत ले सचेतना मुलक शन्देश सहित माक्स बितरण गर्नु भएको थियो । उँहाहरुले घर बाट अनाबश्यक बाहीर ननिस्कन , बिदेशबाट आएका कोही छन भने वडामा जानकारी दिन र केही समस्या भएमा वडा कार्यलयमा जानकारी दिन समेत आग्रह गरेका थिए । हामी सँग कुरा गर्दै प्र अ बद्री प्रसाद नेपालले बिद्यायका बालबालीकाहरुलाइ समेत माक्स बितरण गरिएको बताउँनु भयो । नेकपाका अध्यक्ष उद्धब नेपालले सबै गाँउबासीहरु यो महामारीबाट बच्नका लागी सरकारले गरेको निर्णय अनुसार घरमा बसेर सरकारलाइ सघाउँन पर्ने र जनप्रतिनिधीहरुले यसै गरि घर घरमा गएर जनताको समस्यको बारेमा जानकारी लिन पर्नै बताउँनु भयो । माझी बस्तीमा रहेका झमला देबी आधारभुत बिद्यालयका प्र अ लालबहादुर श्रेष्ठले आफ्नो बिद्यालयको शिक्षक बाबुराम माझीलाइ खोकी लागेकोले टेकु सम्म लगेर जँचाइएको र उँहाको रिपोर्टमा सामान्य रुघा खोकी लागेको रिपोर्ट आएको बताउँनु भयो । अर्का प्रअ रिषीराम नेपालले आफ्नो विद्यालयको आसपासमा त्यस्तो कोही नभएको बताउँनु भयो ।