सिन्धु उत्थान केन्द्रद्वारा ईन्द्रावतिलाई स्वास्थ्य सामग्री सहयोग
रूपक पुरी, नवलपुर ।
सिन्धुपाल्चोकमा सामाजिक क्षेत्रमा क्रियाशिल सिन्धु उत्थान केन्द्रले इन्द्रावति गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
गाउँपालिकाको कोरोना भाइरस रोकथाम, नियन्त्रणका लागि चलाएको अभियानमा सहयोग पुर्याउने उदेश्यले युएनडिपी र सिन्धु उत्थान केन्द्रले सामग्री सहयोग गरेको सिनछउत्थानका सचिव बाशुदेव अधिकारीले बताउनुभयो ।
सहयोग स्वास्थ्य सामग्रीमा १२ सय पिस मेडिकल मास्क, ६ पिस थर्मल गन, एक सय पिस ह्यान्ड्स ग्लोव र ४० पिस सेनिटाईजर रहेको अधिकारीले बताउनुभयो ।