सामाजीक बिकास मन्त्री दुलालद्धारा भोटेकोशीगापामा अनुगमन


समस्या परेको  बेलामा गरेको सहयोगको सँधै मुल्याङ्कन हुने र जसले आपतको बेला सहयोग गर्छ त्यसको पनी मुल्याङ्कन हुने बागमती प्रदेशका सामाजिक बिकास मन्त्री युवराज दुलालले बताउँनु भएको छ ।

उँहाले जनताले जनप्रतिनीधि हरु सँग के आशा गरेका छन त्यो आशा पुरा गर्न पर्ने बताउँदै अहिले बिश्वमा फैलीएको महामारी नेपालमा रोक्न का लागी सबैले आआफ्नो ठाँउबाट सरकारलाइ  सहयोग गर्न पर्ने बताउँनु भयो । बागमती प्रदेसले हरेक पालीकाहरुलाइ महामारी रोकथामका लागी बिशेष बजेटको ब्यबस्था गरेको बताउँदै  आफुले अनुगमन गरेका स्थानहरुमा राम्रा काम भएको बताउँनु भयो।
विश्व्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि भोटेकोशी गाउँपालिकाबाट संचालन गरिएको अभियानको अनुगमन गर्दै सामाजिक विकास मन्त्री श्री युवराज दुलालले यस्तो बताउँनु भएको भोटेकोशी गाँउपालीकाको अध्यक्ष राजकुमार पौडेलले बताउँनु भएको हो । उँहाका अनुसार सो अबशरमा गाउँपालिकामा क्ष्कयबितष्यल ग्लष्त को लागि नपुग स्वास्थ्यकर्मी, ऐम्बुलेन्स, पी.पी.ई. को व्यवस्था गरिदिने बाचा गर्नु भयो र गाउँपालिकाले गरेको कामलाई सर्हा्निय काम गर्नुभएको भनी सामाजिक विकास मन्त्री श्री युवराज दुलाल ले सम्पूर्ण आम जनतालाई विश्वस्त तुल्याउनु भयो ।
अनुगमनमा बाह्रबिसे नगरपालिकाका नगर प्रमुख  निम्फुन्जो शेर्पा, भोटेकोशी गाउँपालिकाका उपाध्यक्ष श्री दाबुटी शेर्पा लामा तातोपानी भन्सार प्रमुख श्री लाल बहादुर खत्री, भोटेकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री मोहन प्रसाद निरौला,  स्वास्थ्य कार्यालय प्रमुख श्री दुर्गादत्त चापागाई स्वास्थ्य संयोजक श्री भुपेन्द्र लाल श्रेष्ठ र स्वास्थ्य सेवा विभागका डाक्टर सन्देश ढकाल र अन्य सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरुको उपस्थित भई गाउँपालिकामा बनाईएको क्ष्कयबितष्यल ग्लष्त सहितको हेल्थ डेक्स(लिपिङ–तातोपानी, सखुवा–मार्मिङ), क्ष्कयबितष्यल ग्लष्त (झिर्पु मा.वि., हिन्दी) को अनुगमन गरिएको थियो  ।----- फोटो गाँउपालीकाकोवइभसाडबाट

, , , , ,