जिल्लामा लकडाउन पश्चात भएका मुख्य गतिबिधिहरु

नेत्रबहादुर बस्नेत 
हाल सम्मका क्वारेन्टाइन संख्या( ४३६ बेड,  जसमा५६(१३ महिला, ४३ पुरुष) जना बसेकोमा  ४६ जना  डिस्चार्ज भई हाल १० जना (९पुरुष, १महिला) क्वारेन्टाईनमा रहेका छन् । हाल सम्म आइसोलेसन संख्या( ३४ बेड, जसमा ७जना (५महिला, २पुरुष) जना बसेकोमा सबै जना डिस्चार्ज भैसकेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, चौताराका सुचना अधिकारी प्र.ना.उ. माधव प्रसाद काफ्लेले जानकारी दिनुभएको छ ।




उहाँका अनुसार हालसम्म बिदेशबाट आएकाको विवरण जम्मा( ३५७ को  नामावली संकलन गरिएकोमा  भारतबाट १२०, मलेशियाबाट ३०, दुवईबाट ६४, कतारबाट ४०, कुवेतबाट १५ लगायत अन्य देशहरुबाट समेत यस जिल्लामा आएका छन ।
जिल्ला प्रहरी कार्यालय मातहत बिभिन्न स्थानहरुमा कोरोना भाईरस सम्बन्धि १०५ पटक माइकिङ, ३१ वटाजनचेतना मुलक तथा अन्तरक्रिया कार्यक्रम, ४ पटक बजार अनुगमन, २ ठाँउमा स्वास्थ्यचेकजाँच र ६१७ वटा पर्चा पम्पलेट बितरण गरिएको र हाल सम्म बिभिन्न स्थानमा १० वटा हेल्थ डेस्क खडा गरिएको समेत उहाँले बताउनुभएको छ ।
कोरोना भाईरस नियन्त्रण तथा रोकथामको लागी जिल्ला प्रहरी कार्यालय, ब्यारेक, कारागार, तथा मातहतका बिभिन्न स्थानहरुमा किटनाषक औषधि छरिएको छ ।
जिल्लामा कोरोना भाईरसको संक्रमण फैलन नदिन ल्यल कन्ट्याक थर्मोमिटर बाट दैनिक रुपमा कार्यरत प्र.क.हरुको शरिरको तापक्रम नाप्ने गरीएको छ । यस कार्यालय तथा मातहत समेतमा गरी ३२ वटा कार्यालयको प्रवेश द्वारमा  नागरिकरुलाई हात धुने व्यवस्था मिलाइएको ।
 नेपाल सरकारले जारी गरेको लकडाउन उल्लङघन गरी कारवाहीमा परेका सवारी साधनहरु २२१ र मानिसहरु १५६०जनालाई सम्झाइबुझाइ पश्चात छाडिएको । जसमध्ये ट्राफिक कारवाहीमा परेका ४५ सवारी साधनलाई कार्वाही गरी रु २६००० ।( (छब्बिस हजार मात्र)राजस्व संकलन गरिएको ।
लक डाउनको समयमा बिभिन्न स्थानमा मुल्य बृद्धि गरि बिक्रि बितरण तथा जम्मा खोरी गरी कालो बजारी गर्ने  ब्यक्तिहरुलाई  कालो बाजारीमा मुद्दा दर्ता गरी कार्वाही गरिएको । ( हाल सम्म ३ वटा मुद्दा दर्ता भएको) र बिभिन्न स्थानमा अभद्र व्यवहार गर्ने ३ जना व्यक्तिहरुलाई नियन्त्रणमा अभद्र व्यवहारमा मुद्दा दर्ता गरी कार्वाही गरिएको समेत उहाँले जानकारी दिनुभएको छ ।

, , , ,