चौ. साँ. गढीले शुरु गर्यो नयाँ प्रविधिबाट कोरोना परिक्षण

चौतारा
चौतारा साँगाचोक गढी नगरपालिकाले नयाँ प्रविधिबाट कोरोना परिक्षण सुरु गरेको छ ।

नगरपालिकाले कोरोना रोग पत्ता लगाउने द्रुत परिक्षण टेस्ट किट र्यापिट डाइनोष्टिक टेस्ट  को प्रयोग गर्दै आज चौतारा साँगाचोक गढी नगरपालिका ६, पिपलडाँडा,गिदाने का ११ जना र मेलचौर स्थित क्वारेन्टाइनमा बसिरहेका ५ जनाको स्वास्थ्य परिक्षण गरेको छ ।
परिक्षण गरिएका सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ । बिदेश बाट आएका स्थानीयहरुको परिवारका सबै सदस्यहरुको उक्त परिक्षण चौतारा अस्पतालका मेडिकल अधिकृत निष्चल बोगटी र  ल्याब टेक्निसियन अबनिश कुमार ठाकुरले गर्नुभएको थियो ।
बिदेशबाट यस नगरपालिकाको बिबिन्न स्थानमा आइ बसोबास गरिरहेका सबैको यसैगरी परिक्षण गरिने मेयर अमानसिङ तामाङले जानकारी दिनुभएको छ ।

, ,