विश्वव्यापी माहामारी फैलिन नदिन जिल्लमा हालसम्म भएका गतिविधी

चौतारा
हेल्प  डेस्क १० वटा संचालनमा रहेको ,विभिन्न ३२ स्थानमा सरकारी संस्थाहरु र चोकमा हात धुने ठाउँ बनाइएको ।
जिल्ला भरी दैनिक ७ टोलीले प्रचार प्रसारको लागी पालिकासँग समन्वय गरी माइकिङ गरिएको ।
विभिन्न पत्रपत्रिका, रेडीयो, एफएम, फेसबुक मार्फत सुचना प्रदान गरिएको ।

२०७६।१२।३० देखी हालसम्म स्थानिय स्रोत र साधनको प्रयोगबाट म्यान क्याच अप बनाई सुरक्षित तरिकाले लक डाउन उल्लघंन गर्ने १७ जना  (महिला २ जना र १५ जना पुरुष) व्यक्तिहरुलाई नियन्त्रणमा लिई ४र५ घण्टा होल्ड गराई कोभिड १९ को संक्रमण सम्बन्धी बच्ने उपाय सम्बन्धी सचेत गराई छाडिएको ।

पश्चात२०७६।१२।११ गते लक डाउन गर्न जिल्ला सुरक्षा समितिबाट २०७६।१२।१० गते निणर्य गरि  नाका, हाइवे, शहर एवं ग्रामीण क्षेत्रमा चेकिङ, गस्ती गरिएको
सवारीसाधन नियन्त्रणमा लिइ कारवाही गरिएको ।
महिला ६६९ पुरुष ९५० जम्मा १६१९ जना २२४ वटा सवारी साधनले नियम उल्लङघन गर्ने ब्यक्तिलाई नियन्त्रणमा लिदै सम्झाइ बुझाइ, हातधुने तरिका, मास्क लगाउने तरिका सिकाई छोडिएको ।
४७ वटा मो.सा. १ वटा बसलाई ट्राफिक कारवाही गरि छोडिएको ।
३ वटा बोलेरो चालकलाई अभद्र व्यवहारमा मुद्दा चलाईएको ।
मिति २०७६।१२।०७ गते ११०० लि. पेट्रोल र २४३ लि. मट्टितेल बरामद गरी २ जना, मिति २०७६।१२।२१ गते बढी मुल्य लिइ पेट्रोल बेचेको १ जना २०७६।१२।२६ गते ९९७ लि. डिजेल बरामद गरी २ जनालाई नियन्त्रणमा लिइ कालो बजारी मुद्दा चलाईएको ,सवारी साधनमा प्रचार प्रसार गरिएको ।
बिदेशबाट आएका ३५७ जनाको विवरण तयार गरिसकिएको ।
चौ.सा.ग.न.पा.०७ मेलचौर स्थित क्वारेण्टाईनमा रहेका ४ जना र बिदेशबाट आएका ३ जना गरी ।
बोलेरोमा खाद्यान्न सामानमा लुकाई ४५० क्वाटर रोज नामको मदिरा, ४८ क्वाटर गोल्डेन ओक नामको मदिरा नियन्त्रण गरि कारवाही गरिएको ।
वाह्य क्षेत्रबाट आएका व्यक्तिलाई क्वारेनटाइनमा पठाइएको ।
चौतारा सागाँचोकगढी नगरपालिकामा १४, बाह्रबिसे नगरपालिकामा ६, मेलम्चीमा ३०,  ईन्द्रावती गाउँपालिकामा १०, बलेफी गाउँपालिकामा १६, पाँचपोखरी थाङपाल गाउँपालिकामा २०, भोटेकोशी गाउँपालिकामा २०, लिसंखुपाखर  गाउँपालिकामा १०, सुनकोशी गाउँपालिकामा ९५, हेलम्बु गाउँपालिकामा १७५र त्रिपुरासुन्दरी गाउँपालिकामा ४० गरी जम्मा ४३६ बेडको क्वारेनटाइन रहेको छ । 
आइसोलेसन बेड चौतारा सागाँचोकगढी नगरपालिकामा १०, मेलम्ची नगरपालिकामा४, बाह्रबिसे नगरपालिकामा ४,इन्द्रावती गाउँपालिका ६, भोटेकोशी गाउँपालिकामा २ र सुनकोशी गाउँपालिका ८ वटा गरि जम्मा  ३४  रहेको छ ।

, ,