चौताराको मुख्य बजारमा सवारी रोक

चौैतारा 
बिश्वलाई नै आक्रान्त बनाइरहेको बेलामा चौतारा बजारमाकोरोना फैलन नदिन बजारको मुख्य सडकमा फलामे गेट राखेर बजार छिर्ने नाका बन्द गरिएको छ ।

 कोरोना भाइरस संक्रमण रोकथामका र बढ्दो संक्रमणको त्रासका कारण आवातजावत बन्द गर्ने हेतुले चौताराको मुख्य बजारमा फलामे बार तेस्राएर आवगमन बन्द गरिएको हो ।
लकडाउनको समयमा पनि आवतजात र सवारी साधनको चाप बढ्न थालेपछि स्थानियहरुको पहलमा चौताराको कुविण्डेचोक, पूरानोबजार स्थित कृष्ण मन्दिर परिसर र पूरानो बसपार्कको नाकामा फलामे बार तेस्राएर बजार सिल गरिएको हो ।

, ,