भोका शिक्षक र विद्यार्थीलाई शिवपुरी माविको राहत

काठमाडौं 
कोरोना भाइरसको त्रासको कारण मुलुक लकडाउनमा शिक्षक, विद्यार्थी र अभिभावक सबै होम क्वारेन्टाइनमा  रहेको बेलामा भोका शिक्षक र विद्यार्थीलाई  शिवपुरी माविको राहतले राहत बितरण गरेको छ ।


जब सरकारले बैशाख २ गते तेस्रो पटक लकडाउनको अवधी थप गर्यो । मुलुकभर खाद्यान्न अभावका समाचारहरु आउन शुरु भयो ।  काठमाडौंबाट खाद्यान्न अभावका कारण मानिसहरु हिडेरै कष्टसाथ आफ्ना गाउँ फर्किएका खबरहरु बाक्लिन थाले ।
शिवपुरी मावि बालुवाटारका  खाद्यान्न अभावका खबरहरुसँगै आफ्ना विद्यार्थी र अभिभावकहरु सम्झे र उनिहरुमा राहत बितरण गरिएको प्रधानाध्यापक दिवाकर दूरदर्शीले जानकारी दिनुभएको छ । 
आफूले पनि केहीसँग टेलिफोनबाट जानकारी लिए । सामाजिक सञ्जालमा सूचना राखे  कोही अध्ययनरत विद्यार्थी र अभिभावक खाद्यान्न अभाव भोगि रहनु भएको छ भने विद्यालयमा सम्पर्क गर्नुहोला  भनेर सुचना सम्प्रेषण परियो र सम्पर्कमा आएका जतिलाई राहत बितरण गरिएको हो ।
यसबाट हौसिएका प्रअ दूरदर्शीले खाद्यान्न अभाव भोग्ने अभिभावक र विद्यार्थीहरुको विवरण संकलनमा तिब्रता दिनुभएको छ । उहाँले भने– विद्यालयलाई दुख पर्दा सहयोग गर्ने अभिभावकहरु संकटमा हुँदा विद्यालयले हात बाधेर बस्न मिलेन नि । दाता र विद्यालयको स्रोतमा खरिद गरिएको खाद्यान्न विद्यालयमा आइपुग्यो । अत्यन्तै खाधान्न अभाव झेलेका २० अभिभावकहरुलाई विद्यालय परिशरबाटै खाद्यान्न वितरण गरिएको हो ।

, , ,