कोरोनाको आशंकामा आइसोल राहेकि महिलाको परिवारलाई क्वारेन्टाइनमा

चौतारा

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएको लिसंखुपाखर गाउँपालिकामा एक जना महिलालाई आइतबार चौतारा आइसोलेसनमा  राखिएको छ । आइसोलेसनमा रहेकी महिलाको परिवारलाई क्वारेन्टाइनमा राखिएको छ ।
ओमानबाट  फागुन ३० गते घर आएकि उक्त महिलालाई कोरोना सँग लक्षण मिलेपछि उनलाई गत आइतबार खाडिचौर अस्पतालमा ल्याइएको थियो तर उनको परिक्षण पछि उनलाई कोरोना भएको हुन सक्ने भन्दै खाडिचौर अस्पतालले आइसोलेसनमा राख्न सुझाएको थियो । उनलाई आइतबार राति नै  चौतारा स्वास्थ्य कार्यालयको आइसोलेसनमा राखिएको छ । उनको अबस्था सामान्य रहेको जनस्वास्थ्य अधिकृत दुर्गा दत्त चापागाईले जानकारी दिनुभएको छ । उनलाई आइसोलेसनमा राखिए लगत्तै परिवारमा पनि संक्रमण हुन सक्ने भन्दै परिवारका सबै सदस्यहरुलाई सुनकोशी गाउँपालिका स्थित ग्रामीण महिला सृजनशिल परिवारको कार्यालयमा रहेको क्वारेन्टाइनमा सोमबार नै राखिएको हो । 

, , , ,