सिन्धुपाल्चोकमा लकडाउँन उलघंन गर्ने ६०भन्दा बढी नियन्त्रणमा


लक डाउन उल्लङ्घन  गरेको कारण सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यलयले बिहीबार मात्र ६० भन्दा बढीलाइ  नियन्त्रणमा लिएको छ ।


जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकको सुचना अधिकारी प्रहरी नायब उपरिक्षक माधब काफ्लेका अनुसार   चैत्र २० गते मात्र एकै दिनमा सिन्धुपाल्चोक जिल्लामा लक डाउनको उल्लङ्घन गर्ने ६० जना मानिसहरु र . ७ वटा मोटर साइकल नियन्त्रणमा लिईएको हो ।
नियन्त्रणमा लिइएकाहरुलाइ कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरक्षिक प्रज्वल महर्जनले लक डाउँनको बारेमा जानकारी गराउादै आफ्नो अमुल्य जिबनमाथी खेलबाड नगर्न र बिश्वमा महामारीको रुपमा देखीएको रोग कोराना भाइरस बाट बच्न अपनाउनु पर्ने पूर्व साबधानीका उपायहरुका बारेमा जानकारी गराउानु भएको थियो भने जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक माधब काफ्लेले  र हात धुने तरिका सम्बन्धी प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
नियम उलघन गर्ने सबैलाइ अब लक डाउँन अबधीभर अनाबशयक घर बाहीर ननीस्कने र  अब उपरान्त उल्लङ्घन गरेमा थप सजाय हुने बारे सम्झाई बुझाई गरि छाडिएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ ।

, , , , ,