अपहरण र जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

तारा
 मिति २०७६।०३।१३ गते देखि भागि फरार रहेका प्रतिवादी बाबु तामाङ भन्ने मेघ बहादुर तामाङलाई प्रहरी कार्यालयले आज  प्रकाउ गरेको छ ।

परिवर्तित नाम हगाम स को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला सिन्धुपाल्चोक साबिक हगाम गाविस वडा न.९ हाल जुगल गापा वडा न.७ वस्ने उनलाई पक्राउ गरिएको हो ।
अपहरण तथा शरीर बन्धक र जवरजस्ती करणी मुद्धामा वारदात  मिति २०७७र०१र०३ गते प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालत दाखिला गरिएकोमा पुर्पक्षको लागि कारागार चलान गरेको सुचना अधिकारी प्र.ना.उ. माधव प्रसाद काफ्लेले जाजकारी दिनुभएको छ ।

साथै फरार रहेका प्रतिवादीहरु लकडाउनको बखत आफ्नो गाँउघरमा फर्की लुकीछिपी बस्न सक्न हुनाले तिब्र रुपमा सूचना संकलन गरि पक्राउ गर्ने कार्यलाई कडाईका साथ तिब्रता दिईएको काफ्लेले जानकारी दिनुभएको छ ।
       

, ,