नगर प्रमुख अमानसिं द्धारा नगरवासिलाई भ्रममा नपर्न आग्रह


पछिल्लोपटक बिरगंजमा कोरोना संक्रमीत भेटिएसङ्गै यसको त्रास बढिरहेको अवस्थामा बिरगंजबाट आइतबार राती चौतारा साँगाचोकगढी नगरपालिका १२, साँगाचोक आइपुगेका ८ जना नागरिकको बिषमा बिभिन्न शङ्का आशङ्का उब्जायर समाजलमाइ त्रसित हुने खालका कुरा भएको प्रती आफ्नो ध्यानकर्षण भएको चौतारासाँगाचोकगढी नगरपालीकाका प्रमुख अमानसिंह तामाङ्गले बताउँनु भएको छ ।

 तामाङ्ले उँहाहरुलाई सोमबार नै मेलचौर स्थित क्वारेन्टाइनमा ल्याइ स्वास्थ्यकर्मीहरुको निगरानीमा सुरक्षित तवरले राखिएको  जानकारी दिदै निज ब्यक्तिहरुको घर आसपास निकै आतंकीत र त्रासको वातावरण रहेको भन्ने सुनिएकोले निजहरुको परिवारलाई भेट्ने, घुलमिल हुने, अनावश्यक तर्र्क ्बितर्क गर्ने र आतंकित बनाउने काम नगरी सबैले संयमित र अनुशासित भै लकडाउनको पुर्ण पालना गरि घर भित्रै बस्नुहुन अनुरोध गर्दछु भन्नु भएको छ । साथै उँहाले परिवारका सदस्यहरुलाई पनि सुरक्षित तरिकाले आत्मा बल बढाएर चिन्ता नलीइ बस्न अनुरोध गर्दछु भन्नु भएको छ ।
 उाँहाले सबैलाइ रोग लागेको भन्ने होइन यो अत्यन्तै  जटिल अबस्थामा स्वास्थ्य परिक्षण गरेर क्वारेन्टाइनमा बस्ने र रोग परिक्षण गरि  ढुक्क  हुन सबैमा आग्रह समेत गर्नु भएको छ ।

, ,