इर्खुमा हेल्थ डेक्स संचालनमा

चौतारा
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८  इर्खुले बजारमा सोमबारबाट कोरोना भाइरसको  रोकथाम तथा नियन्त्रण लाई मध्यनजर गरि हेल्थ डेक्स संचालनमा ल्याएको छ ।

इर्खु स्वास्थ्य चौकी तथा इर्खु स्पोर्ट्स क्लबको सक्रियतामा हेल्थ डेक्स राखि तापक्रम मापन तथा परामर्श दिने कार्यक्रम गरिरहेको  वडाध्यक्ष तिर्थ बहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।
 उहाँका अनुसार हालसम्म १२० जनाले सेवा लिईसकेका छन् ।

, , ,