१४ नं वडाले अन्य जिल्ला, पालिका र वडाबाट आएका मानिसहरुलाई वडा छिर्न नदिने

चौतारा 
साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा बिपत ब्यबस्थापन अनुगमन समितिको बैठकले वडाका सम्पुर्ण सर्वसाधारणले वडा बाहिर जान परेमा वडा बिपत व्यवस्थापन समितिको अनुपति लिनुपर्ने निर्णय गरेको छ ।

 बिपत ब्यबस्थापन अनुगमन समितिका संयोजक बद्रि नेपालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस सँगै वडामा आउने सम्पुर्ण नाका बन्द गर्ने निर्णय समेत भएको वडाध्यक्ष शेरबहादुर श्रेष्ठले जानकारी दिनुभएको  छ ।
 घरघरमा बस्ने खसी काट्ने तास खेल्ने काम पुर्ण रुपमा बन्द गर्न पर्ने बताउनु बताउदै वडाअध्यक्ष शेर बहादुर श्रेष्ठ ले लकडाउन को पुर्ण पालना गर्न का  लागि  गाउँ प्रबेश गर्ने  नाकाहरुमा कडाइ गर्ने बताउनु भएको हो । यससँगै बैठकले अन्य जिल्ला पालिका वा वडाबाट आएका मानिसहरुलाई वडा छिर्न जदिने निर्णय समेत भएको छ ।
 उक्त बैठकमा बोल्दै पाटी अध्यक्ष  उद्धब नेपालले  सबै नागरिकलाइ  स्वास्थ्य रहनका लागि  सरकारले गरेकोलकडाउनको पुर्ण  कार्यन्वयन गराउन सबै लागि पर्न पर्ने समेत बताउनुभएको छ ।

, , , ,