कैलालीमा थप १ जना कोरोना संक्रमित

चौतारा,
सुदूरपश्चिममा थप एकजना कोरोना संक्रमित भेटिएका छन्। कैलालीको लम्कीचुहा नगरपालिका १ मा ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ। जसमामा १२ जना आइसोलेसनमै उपचाररत छन् भने एक जना निको भइसकेका छन्। 
लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्‍यापिड टेष्टमा नेगेटिभ देखिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परिक्षण गर्दा पोजेटिभ देखिएको लम्कीचुहा अस्पतालले जानकारी दिएको छ । 
वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी लकडाउनका कारण समस्यामा परेपछि १७ चैतमा लम्की आएकी थिइन् । 
उनीहरूलाई स्थानीय जनप्रतिनिधिले लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेको थियो । त्यहाँ बसेकाहरुको र्‍यापिड डायग्नोस्टिक टेष्ट किटबाट परीक्षण गरिएको थियो । र, रिपोर्ट नेगेभिट आएपछि सबैलाई २८ चैतमा घर पठाइएको थियो ।
तर पीसीआर विधिबाट काठमाडौंमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

, ,