उपत्यकामा बिचल्नि भएका ७० जना नगरबासिको आजै राति उद्धार

अर्जुन शर्मा, चौतारा, १२,बैशाख ।
चौतारा साँचोकगढी नगरपालिकाले बिश्वभर फैलिइरहेको कोरोना भाइरसका कारण लगाइएको लकडाउनले उपत्यकामा बिचल्नि भएका ७० जना  नगरबासिको आजै राति उद्धार गरेको छ ।


नगरपालिकाले २ वटा बसको ब्यवस्था गरि नगर स्वास्थ्यकर्मी सहितको टोलिले काठमाण्गडौमा नै स्वास्थ्य परिक्षण गरि राति १ बजे नगरपालिका भित्रिएको  बसले काठमाडौंबाट उद्धार गरिएका नगरबासिको घरघरमानै पुर्याइएको हो ।
सरकारले लगाएको लकडाउनको एक महिना सम्म उपत्यकामा बिचल्नि रुपमा रहेका नगरबासिको उद्धार गरिएको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमान सीं तामाङले जानकारी दिनुभएको छ ।
नगर प्रमुख तामाङले भन्नुभयो ‘लकडाउनका कारण उपत्यकाका बिभिन्न क्षेत्रमा कष्टकर जिवन यापन गरिरहेका र आफ्ना गाँउघरमा आउन इच्छुक नगरबासिलाई नगर भित्राउने कार्यपालिकाको निर्णय भए सँगै उनिहरुलाई स्वास्थ्य परिक्षण गरि नगरपालिका भित्र्याएको हौ ।’
जिल्ला प्रसाशन कार्यालयले सबारी पास दिन नमोपछि  प्रशासनको पास बिना नै नगरपालिकाले आफ्नै पहलमा राति २ बजे उनिहरुको उद्धार गर्न सफल भएको मेयर तामाङले बताउनुभएको छ ।
चौताराबाट दिउँसो १ बजे हिनेको उद्धार टोलिले १३ घण्टा लगाएर भएपनि नगरबासिको गर्न सफल भएको उद्धार टोलिको नेतृत्व गरेर जानुभएका नगरपालिकाका स्वकिय सचिब रोहित शर्माले जानकारी दिनुभएको छ ।
हामि उद्धार टोलि नगरबासिलाई साँझ ७ बजे नै नगरपालिमा भित्र्याउने उद्येश्यका साथ दिउसाँे १ बजे चौतारा बसपार्कबाट हिडेका थियौ तर समय सबै सोचे जस्तो भएन निकै नै अबरोधको सामना गर्नुपर्यो तरपनि हामिले नगरबासिलाइ राहतको सास फेर्न सफल भयौँ उद्धार टोलिका रोहित शर्माले भन्नुभयो ।
हामि यताकाट छिट्टै हिडेपनि काभे्रपलान्चोक जिल्लाले नगरपालिकाले लगेको बस बेलुकाको ५ नबजि छाडन मानेन ४ घण्टा दोलालघाट रोकियौँ, यसैबिच हामि साँझ ७ बजेमात्रै उपत्यका छिर्न सफल भयौँ उपत्यकामा बसेका मानिसहरुको समन्वय र कोठाकोठामा लिन पुग्दा १० बजे मात्रै हामिले सुरक्षित रुपमा नगरबासि जम्मा गरेर सक्यौ र १० बजे उपत्यबाट हिडन सफल भयौँ र १ घण्टा साँगाको जामामा समेत गरेर हामि बिहानको २ बजेमात्रै चौतारा आइपुगेका हौँ उहाँले घटनाको स्मरण गर्दै भन्नुभयो ।
नगरपालिका भित्रन आतुर रहेका नगरबासिको काठमाण्डौमा थर्मल गनको माध्यमबाट गरिएको स्वास्थ्य परिक्षणमा उनिहरु सबैको स्वास्थ्य अबस्था सामान्य नै रहेको पाइएको उक्त उद्धार टोलिमा स्वास्थ्य नेतृत्व गरेर जानुभएको स्वास्थ्यकर्मी केदार नाथ दुलालले जानकारी दिनुभएको छ ।
हामिले स्वास्थ्य जाँच सँगसँगै कोरोना भाइरसबाट कसरी सुरक्षित रहनेर जिवन यापनका लागि गर्नुपर्ने क्रियाकलापको बारेमा जानकारी समेत दिइएको दुलालले भन्नुभयो । उहाँका अनुसार उपत्यकाबाट ल्याइएका नगरबासि समयसमयमा स्वास्थ्यकर्मीसँगको सम्पर्कमा रहने छन् ।
नगरपालिकाले शुक्रबार पुनः उपत्यकामा बाँकि रहेका आफ्नै नगर आउन इच्छुक नगरबासि लिन पुग्ने समेत बताएको छ ।

, , ,