पाँचपोखरी थाङपाल गाउँपालिकामा २५ जनाको द्रुत गतीमा परीक्षण

मेलम्ची    
पाँचपोखरी थाङपाल गाउँपालिकामा चैत महिना देखि विदेशबाट  फर्किएका २५ जनाको द्रुत गतीमा परीक्षण गरिएको छ ।

परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको पाउँपालिका स्वास्थ्य शाखा प्रमुख आत्मराम धित्तालले जानकारी दिनुभयो । भोताङ र गुन्साको पाच्चीस जनामा परीक्षण गरिएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणको लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको र लक डाउनमा परेका स्थानीयको समस्या समधानका लागि लागी परेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।

, , ,