जिल्लामा आइसोलेसनमा रहेका चार जनाको नै कोरोना रिपोर्ट नेगेटिभ

अर्जुन शर्मा,
 कोरोना भाइरस (कोभीड–१९) रोगको आशंखामा आइशोलेसनमा राखिएका सिन्धुपाल्चोकका चारै जनामा कोरोना रोगको रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना सँग लक्षण मिल्ने बिरामीलाई जिल्लाको बाह्रविसे स्वास्थ्य केन्द्रमा  तीन जना र चौतारा अस्पतालको आइशोलेशनमा वार्डमामा एकजनालाई कोरोना आशंकामा अस्पताल भर्ना गरिएका ति चारै जनाको रिपोर्ट नेगेटीभ आएको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईले जानकारी दिनुभएको छ ।

बाह्रविसे स्वास्थ्य केन्द्रमा रहेका बाह्रविसे नगरपालिका ७ की रेणु विक र उनको बहिनी सुस्मा विक र सोही नगरपालिका २ का रोशन शेर्पालाई चैत १७ गते देखी नै आइसोलेसनमा राखिएको थियो । उनिहरुको यस अगि पनि रिपोर्ट नेगेटिभ नै आएको थियो । भने गत आइतबार कोरोनाको आशंखामा लिसंखुपाखर गाउँपालिका ७ की सुनमाया तामाङलाई चौतारा अस्पतालको आइशोलेसन वार्डमा भर्ना गरिएको थियो  । तामाङको परिवारलाई पनि क्वारेन्टाइनमा राखिएको छ । 

, , ,