सनसिटीमा बस्ने मानीसको खोजी गरौः बंशलाल

 चौतारा
राजधानी काठमाण्डौमा कोराना भाइरस  संक्रमीत   भेटीए सँगै सरकारले लक डाउँन लाइ कडा बनाएको छ ।  बैशाख १५गते   सम्मका लागी थपिएको लकडाउँन कडा गरिने भए साँगै छिमेकी जिल्ला हरुमा झन कडाइ गरिने भएको छ ।

 जिल्ला प्रशाशन कार्यलय काभ्रेले बाहीरि जिल्लाका मानीसहरुलाइ आबत जावतमा रोक लगाएको छ भने अति जरुरी बाहेक अन्य अबस्थामा पैदल समेत हिडन नपाइने जनाएको छ ।
यसै गरि काठमाण्डौको पेप्सीकोला  सनसिटिमा बस्ने अथवा काम गर्ने ब्यक्ति  सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउपालिकाको कुनै गाउमा आएको भए तुरुन्त पालीकामा सम्पर्क राखी आफु र आफ्नो परिबारलाइ सुरक्षित राख्न गाँउ पालीकाको अध्यक्ष बंशलाल  तामाङ्गले अनुरोध गर्नु भएको छ ।
उँहाले टोल समितिलाइ समेत बिशेष  निगरानी गरि  फेला परेको खण्डमा तुरुन्त सम्बन्धित वडा कार्यालयमा सुचना गर्न अनुरोध गर्नु भएको  छ साथै उँहाले  हालसम्म बिदेशबाट आई घरमै क्वारेन्टाइनमा बस्नु भयको छ भने कृपया घरमै बस्न समेत अनुरोध गर्नु भएको छ ।
पालीकाकाले बुधबार देखी नै देखिनै द्रुत परिक्षण सुरु गर्न लागेको समेत उँहाले जानकारी दिनु भएको छ । तामाङ्गले  कोेही पनी नागरिक कुनै पनी रोगको सिकार बन्न नपरोस भन्दै पालीकाले सतर्कता अपनाएको बताउँदै   आफू पनि सुरक्षित बसौ अरुलाई पनि सुरक्षित बस्न मद्धत गर्न अनुरोध गर्नु भएको छ ।

, , ,