जुगल ५ का ज्याला मजदुरी गर्ने ११९ परिवारलाई खाद्यान्न

चौतारा 
जुगल गाउँपालिका वडा नं. ५ मा रहेर ज्याला मजदुरी गर्ने ११९ परिवारलाईलाई खाद्यान्न वितरण गरिएको छ ।
 वडामा भएका र मजदुरीका क्रममा बाहिरी जिल्लाबाट आइ लकडाउनमा परेका गरि एक सय १९ परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको वडाअध्यक्ष सनतकुमार अधिकारीले जानकारी दिनुभएको छ ।
 बिहिबार वडा स्तरीय विपद व्यवस्थापन समितिले कमाई गरेर खाने परिवारको पहिचान गरि खाद्यान्न वितरण गरेको हो  । ज्याला मजदुरी गर्ने परिवारलाई दैनिक उपभोग्य सामग्री वितरण गरिएको  पिडित परिवारलाई ‘चामल, दाल, नुन तेल र तरकारीका लागि गेडागुडी दिइएको समितिका सदस्य रन्जित आचार्यले जानकारी दिनुभएको छ । दिनभर काम गरेर बेलुकी खानाको जोहो गर्ने परिवारलाई यो लकडाउनमा खाद्यान्न संकट पर्न थालेको अवस्थाको सिर्जना हुन थालेपछि खाद्यान्न वितरण गरिएको आचार्यले बताँउनुभएको  हो ।

, ,