लकडाउन उल्लङघन गर्ने बोलेरो सहित सवारी चालक पक्राउ


 सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यलयले लकडाउँनको समयमा यात्री  ओसार पसारमा सग्लगन बलेरो सहीत केही सवारी साधनहरु नियन्त्रणमा लिएको छ ।

जिल्ला पूहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक माधब काफ्लेका अनुसार बलेरो चालक सहित यात्रीलाइ नियन्त्रणमा लिइएको हो । बिश्वभर माहमारीको रुपमा फैलिरहेको कोरोना भाईसर नियन्त्रणको लागी नेपाल सरकारले जारी गरेको लकडाउन उल्लघंन गरी सवारी साधनमा यात्रु राखी काठमाण्डौबाट बाह्रबिसेतर्फ जाँदै गरेको सवारी चालक तथा सवारी साधनलाई मिति २०७६।१२।२१ गते राती १०० बजेको समयमा   सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी न.पा. वडा नं. १० बन्देउ स्थित सवारी साधन चेकजाँच गर्ने क्रममा २४ जना यात्रुहरुलाई लामोसाघुँ स्थितबाट नियन्त्रणमा लिई क्वारेन्टाईनमा लगी राखिएको छ। यसरी पक्राउ पर्ने हरुमा
बा २० च ७२८० नं.को बलेरो र चालक सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं. ९ बस्ने  रामशरण राय सहीत बोलेरोमा  सवार रहेको ९ जना यात्रुहरु  ।
बा १७ च ५८४८ नं. को बोलेरो सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं. ९ बस्ने,जागृत तिमल्सिना, जिल्ला सहित मा ८ जना सवार रहेको यात्रुहरु। बा १४ च ८८९९ नं. को सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं. ९ बस्ने बोलेरो चालकसहीत राजन ठकुरी,र बलेरोमा सवार रहेको ७ जना यात्रुहरु रहेका छन । यसै गरि यात्रुसहित आएका बा २ ख २३३८ र बा २ ख ६३७७ नं. को २ ओटा  बस नियन्त्रणमा लिई आवश्यक कारवाही भैरहेको समेत जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी काफ्लेले जानकारी दिनु भएको छ ।

, , , , ,