रसुवाबाट सिन्धुपाल्चोक हिडेका बलेफि ४ का सुरज ११ दिनपछि सम्पर्कमा

चौतारा, 
बैशाख ६ गते रसुवाबाट सिन्धुपाल्चोक हिडेका बलेफि ४ का सुरज ११ दिनपछि  आज बुधबार सम्पर्कमा आउनु भएको छ ।
जिल्लाको बलिफी गाउँपालिका वडा ४ स्थित घर भएका सुरज अहिले आफनो् फोन सम्पर्कमा आएको वडा अध्यक्ष कालि प्रसाद तामाङले बताउनुभएको छ । सुरज अहिले रसुवाको दुप्चेश्वर गाउँपालिकाको वडा नं १ स्थित सुर्यकुण्ड भन्ने स्थानमा रहेको बताइएको छ ।
 उक्त ठाउँ ४ हजार ७ सय मिटर उचाइमा रहेको र हिउँ परिरहेकाले उद्धार गर्न कठिन भएको वडाअध्यक्ष तामाङले बताउनुभयो । अध्यक्ष तामाङका अनुसार सुरजले आफु ८ गतेदेखि हिउँमा फसेकाले हिड्न नसक्ने भएको बताएका  छन् ।  रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको निर्माण गरिरहेको चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन मा कार्यरत सुरज कोरोना भाइरस कोभिड–१९ का कारण देश लकडाउन भएपछि कम्पनीलाई जानकारीनै नदिइ काम छाडेर घर हिडेका थिए ।

, , ,