क्षेत्रिय क्वारेन्टाइनबाट १० जना घर फर्किए,पर्वत र सिराहबाट आएका १७ जना क्वारेन्टाइनमा

 चौतारा, 
जिल्लाको क्षेत्रीय क्वारेन्टाइन मेलचौरमा बैशाख १ गते चौतारा सागाचोकगढी नगरपालिका भित्रिएका विभिन्न वडाका १० जनालाइ आज आरडिटि परिक्षण गरि घर पठाइएको छ। 

आज चौध दिन पूरा भएकाहरुको परिक्षण गरिएको र सो परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएपछी घर पठाइएको नगरपालिकाले जानकारी दिएको छ ।
त्यस्तै शुक्रवार ३० बेडको क्वारेन्टाइन स्थापना गरिएको जिल्ला समन्वय समितिको  भवनमा   हिजो शनिबार पर्वत जिल्लाबाट गाडी रिर्जभ गरेर  नगरपालिका  भित्रिएका ६ नं वडा गौरतीका १५ जना पुरुष, सिराहा जिल्लाबाट आफ्नो माइती स्याउले आएकि बच्चा सहित १ जना महिला र उनिसंग सम्पर्कमा आएकी १ जना महिला गरि १७ जनालाई  क्वारेन्टाइनमा राखिएको छ ।
उक्त महिलालाई बिरामी भइ डिस्चार्ज भएको भनी नक्कली कागजात बनाइ सिराहाबाट सिन्धुपाल्चोक ल्याउने एम्बुलेन्स पनि बन्देउ प्रहरी नियन्त्रणमा रहेको छ।

, , ,