४२ जना पुगे नेपालमा कोरोना संक्रमितको संख्या उदयपुरमा आज मात्रै थप ११ जना भेटिए

चौतारा, 
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार भाइरस संक्रमितको संख्या ४२ पुगेको हो । 

 आज मात्रै उदयपुरको त्रियुगा नगरपालिका–३ मा भुल्केमा रहेको मस्जिद वरपरका ११ जना स्थानीयमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।  स्वास्थ्य मन्त्रालयको अनुसार उदयपुरको भुल्केमा ९ जना पुरुष र २ जना महिलासहित ११ जना नयाँ संक्रमित भेटिएका हुन्। उदयपुरको भुल्केमा भारतबाट आएका जमातीहरुको समूहबाट स्थानीयबासीमा कोरोना फैलिएको हो।

, , ,