नेबिसङका नेता दुलालको पहलमा स्वास्थ्य सामाग्री हस्तान्तरण

मेलम्ची 
नेपाली जनसम्पर्क समिती जर्मनीले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई १० थान पीपीईसहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । आइतबार समितिकातर्फबाट नेपाली कांग्रेस सिन्धुपाल्चोक पार्टी सभापति विकास लामाले सो सामाग्री अस्पताल सन्चालक समितिका पुर्व अध्यक्ष कुमार दुलाललाई हस्तान्तरण गरेका हुन् । दुलालकै पहलमा जनसम्पर्क समिति जर्मनीले सो सहयोग गरेको हो ।

दुलालले आइतबार नै सो सामाग्री   मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र,मेलम्चीलाई बुझाइसकेका छन् ।  विश्वभर फैलिएको महामारी नोबेल कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागी अग्र मोर्चामा रहेर काम गर्ने डाक्टर,नर्स तथा अन्य स्वास्थ्यकर्मीका लागी अत्यावश्यक स्वास्थ्य उपकरण पीपीई  लगाएत अन्य स्वास्थ्य सामाग्री मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रका अहेबद्वय बद्रीनाथ सापकोटा र मनोज यादब सहितको उपस्थितमा मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज एबम मेडिकल अफिसर बिनोद केसिले बुझेका हुन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा मेलम्ची नपा वडा ११ का कांग्रेस सभापति गणेश दुलाल,गत स्थानीय निर्वाचनमा वडा अध्यक्षका उम्मेद्बार रेवती प्रसाद दुलाल  ९नवराज९,नेका सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका आमन्त्रित सदस्य मुक्तिनाथ दुलाल,जिपि फाउन्डेसन मेलम्ची नगरपालिकाका उपसभापति सोनाम पाख्रिन, का ंग्रेसका स्थानीय नेता सम्भु चौलागाईं,इन्जिनियर अमर दोङ,तिलगंगा अँखा केन्द्र,मेलम्चीका इन्चार्ज बिमल बि सि लगायत उपस्थित थिए ।
जनसम्पर्क समिति जर्मनीले शनिबार नेपाल अर्थोपेडिक अस्पताल,नारायणटारमा पनि १० थाप पीपीई सेटसहितका मेडिकल सामाग्री सहयोग गरेको थियो । त्यस्तै, आइतबार दिउँसो सँखुवासभामा पनि पीपीईसहितका सामाग्री सहयोग गरेको छ ।

, , ,