नगरवासिलाई सहयोग गर्न कुनै कसुर बाँकी राख्ने छैन: नगर प्रमुख शेर्पा

अर्जुन शर्मा, चौतारा। चैत्र २८,
बाह्रबिसे नगरपालिकाका नगर प्रमुखलाई लोकप्रिय समाचार दैनिक र लोकप्रिय समाचार अनलाइनको लागि लोकप्रिय समाचार दैनिकका कार्यकारी सम्पादक अर्जुन शर्माले गर्नुभएको छोटो कुुुराकानीको अंश । 

१. कोरोना भाइरस कोभिड (१९) को नियन्त्रणको लागि तपाईको यस बाह्रबिसे नगरपालिकाको तयारी के कस्तो रेहको छ ?
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाले पालीकाको प्रत्यक वडाको स्वास्थ्य कार्यालय नजिकै क्वारेन्टाइन निर्माण गरका छ ।  सबै स्वास्थ चौकी हरुलाइ स्वास्थ सामाग्रीहरु  बितरण गरेको छौँ । म आफै, उप प्रमुख र प्रशासकिय प्रमुखको छुट्टा छुट्टै  टिम बनाएर गाँउगाँउमा पुगेका छौ । हामिले बाह्रबिसे बजारमा किटनास औषधि छर्किएका छौ । नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ३ र त्यसकै छेउमा १५ सहित १८ बेडको क्वारेन्टाइन तयार गरिएको छ । गाँउगाँउमा जनचेताना मुलक कार्यक्रम गरिरहेका छौँ । नगरभित्रका सम्पुर्ण वडाध्यक्षलाई परिचालन गरेका छौँ ।
 पालिकाले ७५ लाखको कारोना रोकथाम कोष निर्माण गरेका छ । जुन रकम कोरोना भाइरस कोभिड (१९) को नियन्त्रणको लागि खर्च गरिनेछ । यस चैत्र महिना भित्र देश बाहिर बाट नगरपालिका भित्रिएका २५ जनाको नै स्वास्थ्य परिक्षण गरि घर पठाइएको छौँ । र अहिले पनि सबै जनाको घर घरमै गएर स्वास्थ्य परिक्षण गरिरहेकको छौँ । नगरपालिकाले औषधि उपचार भन्दा पनि सावधानी अपनाउँदा संक्रमण हुनबाट बच्न सकिने भएकाले यस्तो उपायमा जोड दिइएको छ । नगर अन्तर्गतका कर्थली, घोर्थली, मानेश्वारा, घुम्थाङ र बाह्रबिसे बजारको वडाहरुमा घरदैलोमा स्वास्थ्यकर्मी र वडा अध्यक्षसहित प्रमुख, उपप्रमुख टोली परिचालन गरेका छौँ ।
२. नगर पालिकामा रहेको क्वारेन्टाइन र आइसोलेसनमा स्वास्थ्य सामाग्री प्रयाप्त रहेको छ ?
अहिले सम्म पर्याप्त छ कुनै समस्या छैन । सबै क्वारेन्टाइन र  आइसोलेसनमा आबश्यक पर्ने सम्पुर्ण स्वास्थ्य सामाग्रि छ । हिजो मात्रै पुर्वकानुन मन्त्रि शेरबहादुर तामाङले क्षेत्रिय क्वारेन्टाइनमा आबश्यक स्वास्थ्य सामाग्रि ल्याउनुभएको थियो । स्वास्थ्य सामाग्रिमा कुनै अभाव हुन दिइने छैन ।
३. के तपाइको नगरभित्र सरकारले तय गरेको लक डाउनको पुर्ण रुपमा पालना भएको छ ?
यस नगरपालिकाको केन्द्र रहेको बाह्रबिसे बजार क्षेत्रमा भन्दा गाँउ घरमा अलि समस्या देखिएको छ । गाँउगाँउमा अटेरी गर्नेहरुलाई प्रहरी प्रशासनको सहयोगमा कारबाहि पनि गरिएको छ । र हाल गाँउमा पनि केही कमि भएको छ । वडाध्यक्षलाइ नै निर्देशन गरिएको हुदाँ अहिले केहि सजिलो भएको हो ।
४. नागरीक सचेतना सम्बन्धि कार्यक्रमहरु नगरभित्र केके गरिएको छ ? के सम्पुर्ण नगरबासी सचेत छन् ?
मेरो नगरपालिका भित्र माइकिङ, रेडियोबाट सुचना प्रसारण, सुचनामुलक फ्लेक्स प्रिन्ट गरि सार्वजनिक स्थलमा राख्ने, स्वयंसेवक टोलि बनाइ टोलटोलमा परिचालन गर्ने इत्यादी कामहरु भइरहेका छन् । त्यस बाहेक विभिन्न अनलाइनहरु सामाजिक सञ्जाल र संचार माध्यमहरु मर्फत समेत कोरोना सम्बन्धि ब्यापक रुपमा जानकारीहरु आइरहेकोले नगरबासीहरु सचेत नै छन् भन्ने लाग्छ ।
५.कोरोना रोकथाम तथा नियन्त्रणमा तपाई एक्लै लाग्नुभएको छ कि, सम्पुर्ण कार्यपालिका टिमको नै सहयोग रहेको छ ?कसरी कार्यक्रम तय गरिरहनु भएको छ ?
मेरो नगरपालिकामा म आफै, उप प्रमुख र प्रशासकिय प्रमुखको छुट्टा छुट्टै  टिम छ । यस्तै स्वास्थ्य कर्मिको छुट्टै टिम छ । यसरी हामिले यस नगरपालिकामा पाँच वटा छुट्टा छुट्टै टिम बनाएर लागिरहेका छौँ । म एक्लैले कोरोना जस्तो रोग रोकथाम र नियन्त्रण गर्न सक्ने कुरा पनि होइन सबै कार्यपालिका टिमको सहयोग र सहकार्य रहेको छ । हामि वडा कार्यालय तथा सम्पुर्ण नगर बासीहरुको उत्तिकै भुमिकामा रहेका छौँ । सबैको  सहयोग सल्लाह सुझाब अनुसार कार्यक्रमहरु तय हुने गरेको छ ।

६.यदि नगरपालिका भित्र बिपत आइहालेमा एम्बुलेन्स तथा स्वास्थ्य सामाग्रिमा समस्या त आउदैनन नि ? 
 हाम्रो यस नगरपालिकामा २ वटा एम्बुलेन्स तयारी हालतमा छन् । क्षेत्रिय क्वारेन्टाइनको लागि जिल्ला बिपत व्यबस्थापन केन्द्रले पनि एउटा एम्बुलेन्स पठाउने कुरा भइरहेको छ । यसकारण पनि कुनै समस्या देखिने छैन यस बिषयमा । चालकहरुलाई सुरक्षित पोसाकको ब्यवस्था गरिसकेका छौँ चालक पनि अब शुरक्षित छन् ।
७. तपाईको नगरपालिकामा कति रकमको कोरोना रोकथाम कोष बनेको छ या बन्ने तयारीमा छ ?
मेरो नगरपालिकाका शुरुमा बिपत ब्यवस्थापन कोष निर्माण भएको थियो अहिले सोहि बिपत ब्यवस्थापन कोषलाई कोरोना रोकथाम कोषमा परिणत गरेर रकम थप गरेका छाँै । हाल पालिका ७५ लाखको कारोना रोकथाम कोष निर्माण गरेका छौँ । र थप हुने क्रम जारी नै रहेको छ ।
८.तपाईको नगरपालिमा हालसालै बिदेशबाट फर्किएका मानिसको तथ्याङक कति रहेको छ ?  के सम्पुर्णको नियमित रुपमा स्वास्थ्य परिक्षण गराइराख्नु भएको छ ? के तिनिहरु नगरपालिकाको सम्पर्कमा रहेका छन् ?
यस नगरपालिका भित्र विदेशबाट फर्किएर विभिन्न समयमा नगरपलिका भित्रिएकाहरु संख्या २५ रहेको छ । जसमध्ये १७ जना पुरुष र ५जना महिला रहेका छन् । उनिहरु मध्ये ३ जनालाई यहि रहेको आइसोलेसनमा राखेर उपचार गरिएको थियो । उनिहरुको कोरोना रिपोर्ट नेगेटिभ आएपछि बुधबार मात्रै घर पठाइएको छ । भने अरुलाई निश्चित समय क्वारेन्टाइनमा राखेर घर पठाइएको छ ।  उनिहरु हाम्रो सम्पर्क र निगरानिमा नै रहेका छन् ।
९. अन्त्यमा केही?
कोरोना रोग रोकथाम र नियन्त्रण गर्न सबै सस्थ्य कर्मीहरुलाइ सचेत रहेर सबै खाले बिरामीको उपचारमा लाग्न अनुरोध गर्दछु यस्तै आपतको बेलामा गरेको सहयोगको सँधै मुल्याङ्कन हुने हुदाँ सबै स्वास्थ्य कर्मीहरुले चनाखो भएर काम गर्नुहुन अनुरोध गर्दछु । स्वास्थ रहन पाउनु पर्ने कुरालाइ गम्भीर भयर हामी सबैले सोच्नुपर्ने बेला आएको छ । नागरिकको ज्यानको सुरक्षाका लागी नागरिकलाइ सहयोग गर्न नगरपालीकाले  कुनै पनी कसुर बाँकी राख्ने छैन तपाईहरु सुरक्षित भएर सरकारले लगाएको लकडाउनको पुर्ण रुपमा पालना गर्न अनुरोध गर्दछु । यस अबसरका लागि यस लोकप्रिय समाचर दैनिकले हाम्रो नगरपालिकामा भएका गतिबिधिको प्रकाशन र प्रसारण गरेकोमा  बिशेष धन्यवाद दिन चाहन्छु ।


, , , , ,