स्वास्थ्य चौकीमा शुल्क लिएको भन्दै स्थानिय आक्रोशित

भुम्लु, बैशाख १९
भुम्लु गाउँपालिका ८ भुम्लुटारमा रहेको श्वासथ्य चौकीमा उपचार का लागी आएका बिरामिलाई शुल्क लिएर उपचार गरेको र उपचार मा श्वास्थ्य कर्मचारीको बिरामी लाई गर्ने ब्यबहार पनि राम्रो नगरेको र औषधी पनि नदिएको भन्दै स्थानिय आक्रोश बनेका छन ।

 आक्रोशित स्थानियले श्वासथ्य चौकी अगाडी धर्ना दिएका छन । वहाँ हरुको माग यसरि गल्ती गरेका कर्मचारी लाई कडा भन्दाकडा कार्बाही गरी यस चौकी बाट निस्काश्न गरिनु पर्छ भन्ने रहेको छ  ।
बिहिबार नै श्वास्थ्य चौकी ब्यबस्थापान समितिको बैठक बसी अनियमितता गर्ने कर्मचारी लाई लिखित स्प्रस्टिकारण समेत मागेको र उक्त लिखित स्प्रस्टिकारण गाउँपालिकाको कार्यालय मा पठाउने र कानुन बमोजिम आवसेक कार्बाही गर्ने पनि समितिले बताएको छ ।
त्यसैगरी अनियमिततामा नाम आएका श्वासथ्य चौकी इन्चार्ज सुनिता खरेल र  गोमा गौतमले आक्रोशित स्थानियको अगाडी आम माफी पनि मगेको छ भने आगामी दिनमा यस्तो नहुने र कानुन बमोजिम को कार्बाही भोग्न तयार रहेको पनि बताउनुभयो  ।
गाउँ पालिका बाट जे निर्णय आउछ त्यसैलै पलाना गरी आवश्यक कार्बाही गरिने समितिका सम्योजक एबम वडा अध्यक्ष मोती लाल तामाङ ले बताउनुभएको छ ।

, , ,