आरडीटी गर्दा जुगलका १ जनामा देखियो शंकास्पद रिपोर्ट

बराम्चि  
जुगल गाउँपालिकामा आरडीटी परीक्षण गर्दा एकजनाको रिपोर्ट शंकास्पद  देखिएको छ । सोमबार काठमाडौंबाट घर फर्केका ४१ जनामध्ये  ३९ जनाको आरडीटी परीक्षण गर्दा एकजनामा शंकास्पद देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत चापागाइले जानकारी दिनुभएको छ ।
जुगल ७ याङलाकोटका ३२ वर्षीय एक पुरुषको आरडीटी दुई तीन पटक गर्दा समेत रिपोर्ट शंकास्पद आएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । आरडीटी परिक्षण कोरोना पोेजेटिब भएपछि  उनको थप परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
चापागाइको अनुसार स्वाब परीक्षणका लागि धुलिखेल पठाउने तयारी भएको छ ।  उनीहरु आज नै काठमाडौंबाट जिल्ला आएका थिए । जुगल छिर्नु अघि उनीहरुको आरडीटी परीक्षण गरिएको थियो ।
उनीहरुलाई भक्तपुरका प्रहरीले समन्वय गरेर सामान लिन गएको ट्रकमा हालेर पठाएको प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । रिपोर्ट शंकास्पद आएका व्यक्तिलाई क्वारेन्टाइनमा राखेर अन्यलाई घर पठाइएको छ ।

, , ,