कोरोना आशंकामा जिल्लामा ३६ जना क्वारेन्टाइन र ३ जना आइसोलेसनमा

अर्जुन शर्मा चौतारा  
सिन्धुपाल्चोक जिल्लामा स्वास्थ्य परिक्षण पश्चात ३६ जनालाई क्वेरन्टाइनमा र ३ जनालाई आइसोलेसनमा राखिएको छ । सुनकोशि गाउँपालिका पाग्रेटार स्थित ग्रामिण महिला सिर्जनशिल परिवारको उपलब्ध गराएको  क्वारेन्टाइनमा बिहिबार राति हेटौडा बाट ३ वटा बोलेरोमा आएका २४ जनालाइ क्वारेन्टाइनमा राखिए संगै सिन्धुपाल्चोकमा क्वारेन्टाइनमा बस्नेको संख्या ३६ पुगेको हो । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङका अनुसार उनीहरु छिमेकि देश भारत बाट आएको हुन सक्ने आशंकामा नियन्त्रणमा लिइ क्वारेन्टाइनमा राखिएको हो । भारत बाट आएको पुष्टि भएमा उनिहरुलाइ १४ दिन क्वारेन्टाइनमा राख्ने तामाङले जानकारी दिनुभयो ।



यस्तै बिहिबार नै चौतारा साँगाचोकगढी नपा वडा नं. ७ मेलचौर स्थित क्वारेन्टाइनमा भारतको बैंगलोरबाट आएका ५ जनालाई स्वास्थ्य परिक्षण पश्चात क्वारेन्टाइनमा राखिएको छ । नगरपालिकाका अनुसार उनिहरु पाँचै जना ८ नं वडा इर्खु, चिलाउनेका हुन् । नगपालिकाले  जनाए अनुसार इर्खुका जीबन तामाङ (बर्ष ३०. बिनोद नेपाली  (बर्ष १९), आर्यन तामाङ (बर्ष १९), जीवन तामाङ (बर्ष १९), निरोज तामाङ (बर्ष २३)का रहेका छन् ।
यस अघि नै बलेफिमा रहेको  क्वारेन्टाइनमा ५ जना भारतको दार्जलिङबाट आएका व्यक्तिहरु रहेको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी कृणराज तिवारीले जाजकारी दिनुभयो । उहाँका अनुसार उनिहरु सम्भवत आज नै घर फर्कनेछन् । यस्तै बाह्रबिसेमा रहेको क्वारेन्टाइनमा पनि गत १७ गते कतारबाट आएका व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् ।  यस्तै जिल्लामा ३ जना आइसोलेसनमा रहेका छन् । बिदेशबाट नेपाल फर्किएका ३ जनामा कोरोनाको लक्षण संग मिल्ने लक्षण देखिएपछि उनिहरुलाइ बिगत १२ दिनदेखी बाह्रबिसेको आइसोलेसन वार्डमा राखिएको छ । उनिहरुको कोरोना परिक्षण गर्दा भने नेगेटिभ देखिएको स्वास्थ्य कार्यालयका प्रमुख दुर्गा दत्त चापागाइले जानकारी दिनुभएको छ । चापागाईका अनुसार उनिहरुको अबस्था सामान्य नै रहेको र उनिहरुलाई केही दिनमा नै घर फर्काइने छ ।
यसैगरी जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले जिल्ला बासीहरुको स्वास्थ्य सुरक्षामा  अती सम्बेदन सिल भएर लागी परेको बताउँदै  बिदेशबाट आफ्नो घर आइपुग्नुभएका सबैले इमानदारीपूर्वक आआफ्नो पालिकाको सम्पर्कमा आइ बिदेशबाट नेपाल छिरेको १४ औं दिन सम्म क्वारेन्टाइनमा बस्नुहुन  अनुरोध गर्नू भएको छ ।
नेपाल सरकारको आदेशलाइ पालना गरि सञ्चार संवाद मार्फत आज बसेको बैठकले अन्य जिल्लाहरुबाट ज्याला मजदुरी गर्न आएका श्रमिकहरुलाइ खाद्यान्न उपलब्ध गराउने भएको समेत तामाङले बताउनुभएको छ ।
श्रमिकको समस्यालाइ मध्य नगर गदै सम्बन्धित वडा बाट तथ्याङ्क संकलन गरि पालिका बाट आएको सिफारिसको आधारमा  खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको हो ।

, ,