घरमै पुगेर स्वास्थ्य जाँच, श्रमिकलाई खाद्यन्न, कृषि उत्पादनमा जोड

बिदुर आचार्य, चौतारा, बैशाख १७
वलेफी गाँउपालिकाले एक हजार ५० जना श्रमिक मजदुर लाई खाद्यन्न सहयोग गरेको छ ।  
पालिका भित्र दैनिक ज्यालादारि गर्ने मजदुरलाई वडा कार्यालय मार्फत राहत सहयोग गरेको हो । दैनिक ज्यालादारि गरि निर्वाह गर्ने परिवारलाइ दाल, चामल, नुन, तेल लगाय दैनिक उपभोग्य सामाग्री सहयोग गरिएको पालिका अध्यक्ष केदार क्षेत्रीले जानकारि दिनुभयो । कोरोना भाईरस (कोभीड–१९) नियन्त्रणका लागिपालिकाले चरणवद्ध कार्यक्रम गरेको उनले जानकारि दिए । ‘वडा, टोलमै पुगेर स्वास्थय सचेतनाको कार्यक्रम चलाएका छौ,’ पालिकाप्रमुख क्षेत्रीले भन्नुभयो , ‘कोहीनागरिक भोकै पर्न नपरोस् भनीखाद्यन्न सहयोग निरन्तर गरिरहेका छौ ।’ उनले घरघरमा स्वास्थय सामाग्री पु¥याइएको समेत जानकारि दिए । गाँउपालिकाले वडा अध्यक्ष मार्फत सवै घरका सदस्यहरुलाइ माक्स र सेनिटाइजर वितरण गरेको जानकारि दिएको छ ।
टोल वस्तीमा सूचना पु¥याउनमाईकिङ र सन्देशमुलकपर्चा वितरण गरिएको उनले जानकारि  दिनुभयो । गाँउपालिकाले सार्वजनिक स्थलमा ‘वास सेन्टर’ निर्माण गरि सावुनपानीले हातधुने ब्यवस्थालाई नियमित गरेको छ । ¥यापिड रेस्पोन्ज टीमले घरमै पुगेर स्वास्थ्य जाँच तथा सेवाप्रवाह गरेको जनाएको छ । 
५३ जानको चेकजाँच
गाँउपालिकाले कोरोना भाईरस संक्रमण भए÷नभएको भनी ५३ जनाको जाँच गरेको छ । जाँच गरिएका सवैको नतिजा नेगेटिभआएको जलविरे स्वास्थ्य केन्द्रकी ल्याव टेक्निसियन सोभा पराजुलीले जानकारि दिनुभयो । पराजुलीको अनुसार ५० जनाको आडीटी र ३ जानको स्वाव परिक्षण गरिएको थियो ।
ब्यवस्थित आइसोलेसन, सुविधा सम्पन्न क्वारेन्टाईन
वलेफी गाँउपालिकाले दुइ स्थानमा क्वारेन्टाइन निर्माण गरेको थियो । आनन्द माध्यमिक विद्यालयमा भन्दा लामोसाँगुको शीलु लजमा ब्यवस्थित र सुविधा सहितको भएकोले शीलु लजलाई पालिका स्तरको क्वारेन्टाइनको रुपवाट सेवाप्रवाह गरेको जनाएको छ । मापदण्ड अनुरुपको पालिका स्तरिय क्वारेन्टाइन वलेफी ८ मानिर्माण गरि कामगरिएको वडाअध्यक्ष चरीवहादुर तामाङले वताउनुभयो ।
 ‘मापदण्ड अनुरुपको क्वारेन्टाइन वनाएका छौ, संक्रमणको आशंकामाकतिपयनागरिक वसेका पनि छन्,’ वडा अध्यक्षतामाङले भन्नुभयो, ‘इन्टरनेट सुविधा सहितको क्वारेन्टाईन निर्माण गरेका हौ ।’ दश वेड क्षमताको सुविधा सम्मन्न क्वारेन्टाईनमा दुइजान वसेका र परीक्षण पश्चात घर गएकातामाङले जानकारि दिनुभयो । पालिकाको अनुसार प्राथमिक स्वास्थ्य केन्द्र जलविरेमा चार वेड क्षमताको आईसोलेसन निर्माण गरिएको छ । गाँउपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश शाहका अनुसार भाइरस संक्रमणको आशंकामा ५३ जनाको परीक्षण गरिएको र सवैमा संक्रमण नदेखिएको पाईएको छ । शाहका अनुसार वाह्र जना क्वारेन्टाईनमा वसी परीक्षण पश्चात घर गएका छन् । 
कोरोना रोकथाम कोषको आकार वढ्दै
वलेफी गाँउपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण कोष निर्माण गरी सञ्चालनमा ल्याएको छ । कोषको स्थापना गर्दै गाँउपालिका अध्यक्ष केदार क्षेत्री र उपाध्यक्ष कमलाकायस्थले रु वीस÷वीस हजार र आठै वटा वाडाका अध्यक्षले रु पन्ध्र  ÷पन्ध्र हजार सहयोगको निर्णय गरिएको गाँउपालिकाले जनाएको छ ।
 कर्मचारी तलव कटौती गरी रु एक लाख एकासी हजार ५८७ र वलेफी ६ का समाजसेवीचित्रशर्माचौलागाईले रु तीनहजार ३३३ सहयोग गरेको गाँउपालिकाकार्यकारी प्रमुख शैलेन्द्र भण्डारीले जानकारि दिए । ‘कोषको स्थापना गरिएको छ, स्रोत जम्मा गर्न लागिपरेका छौ,’ पालिकाप्रमुख केदार क्षेत्रीले भन्नुभया । ‘हामी सचेतना जगाँउदै जनतालाई आवश्यक सामाग्री जुटाउने क्रममा छौ ।’ उहाँले यो विषम परिस्थितिमा सहयोगी भावना अभिब्यक्त गर्न अनुरोध समेत गरेका छन् । गाँउपालिकाले पालिका भित्र कोही कसैलाई स्वास्थ्य समस्या देखिएमा तुरुन्त सम्पर्क गर्न स्वास्थय प्रमुख सुरेश साह (९८४३१८८९०५) र कोरोना रोकथामको लागि समन्वय समितिका स्रोत  ब्यक्ति  सुकुलाल तामाङ –९८४३१६८०६२) को हटलाईनमा सम्पर्क गर्न मिल्ने ब्यवस्था गरेको छ । 
अलपत्र यात्रुको सेवा निरन्तर
वलेफी ७ का अध्यक्ष कार्केल लामाले मजदुरीको शीलशीला वा अन्य काममा पैदल यात्रामा रहेका नागरिकलाई वाटोमै खानाखाजा र चप्पल सहयोग गरेका छन् । 
 अध्यक्षलामाले सडकमा फूड स्टल राखेर पैदलयात्रीलाई भोकै हुनवाट जोगाएको वताउँछन् । अध्यक्षलामाले सल्यान र रुकुमवाट कामको शीलशीलामा आएका मजदुरको उद्धार गरी घर पठाएको जानकारि दिनुभयो । उनले सीन्धु काभ्रे सीमानामा अलपत्र परेका वलेफी बासीको स्वास्थ्य जाँच गरि घर ल्याईएको समेत जनुभएको छ ।  त्यस्तै वलेफी ५ का अध्यक्ष बिकास लामाले वडाको पहलमा रोजगारीको लागि बलेफी आएका मजदुरलाई नारायणगढ सम्म उद्धार गरि पठाईएको वताँउनुभयो । लकडाउनको मारमा परेर सास्ती खेपि रहेकाहरुलाई दैनिक जसो यातायातको व्यवस्था गरि सहजीकरण गरिरहेका छौं, गाँउपालिका अध्यक्षकेदार क्षेत्रीले भन्नुभयो । बलेफी गाउँपालिकाले राजमार्गमा अलपत्र ५० भन्दा बढि पैदलयात्रीको उद्धार गरि काठमाडौं लगायतका यात्रुलाइ सहज हुने ठाँउमा पठाइदिएको छ ।
गाँउआएका सवैको स्वास्थ्यजाँच
बिदेश बाट र राजधानी लगायतका ठााउवाट फर्किएका पालिका भित्रका नागरिकको नियमित स्वास्थ्य जाँच गर्ने काम सुरु गरिएको वलेफी ३ का अध्यक्ष वीरमान तामाङ वताउँनुहुन्छ । विदेशवाट र राजधानी लगायतका स्थानवाट फर्किएका सवैमा स्वास्थ्य जाँचगरिएको तामाङले बताउनुभयो । वलेफी ४ ले पनि घरमै पुगेर स्वास्थ्यजाँच गरेको वडाअध्यक्ष कालीप्रसाद तामाङ वताउँनुहुन्छ । 
कृषि उत्पादनमा जोड
स्थानिय तहको निर्वाचन लगत्तै कृषि उत्पादनमा लाग्न अनेकन योजना अघि वढाएको वलेफीले यो संक्रमणवाट जोगिदै कृषिकर्ममा जुट्न आग्रह गरेको छ । खेती योग्य जमिन बाँझो भएमा सामुहिक खेतीको लागि गाँउपालिकाले भाडामा लिएर निशुल्क उपलब्ध गराउने पालिकाले यस अघि नै निर्णय गरिसकेको छ । गाँउ छाडेर रोजगारिको लागि विभिन्न क्षेत्रमा गएका पालिकाबासी गाँउ फर्के सँगै कृषि उत्पादनमा जोड दिन गाँउपालिकाले आग्रह गरेको छ । ‘सामाजिक दुरी कायमगर्दै कृषि उत्पादनमा जोड दिनु अहिलेको आवश्यकताहो,’ पालिकाप्रमुख क्षेत्रीले भन्नुभयो, ‘हामीसँग पर्याप्त जमिन छ, त्यसले पनि अपुग भए गाँउपालिकाले उपलब्ध गराँउछ ।’ क्षेत्रीले कृषि उत्पादनमा गाँउपालिकाले सहयोग गर्ने बताउनुभयो । उनले अवको वजेट तर्जुम्मामा कृषिलाई आवश्यक सवै खाले सहयोगमा अधिकतम जोड दिने वताउनुभएको छ । ‘संक्रमण र संन्त्रास नघटे आफू अनुकुल रोजगारिको संभावना टर्दै जानेछ,’ प्रमुख क्षेत्रीले कृषिमा आत्मनिर्भर हुने नीति गाँउपालिकाले गर्ने बताउनुभयो । कृषि उत्पादनका लागि बिउ र मलखाद जुटाउन आफूहरु लागिपरेको वलेफी ८ का अध्यक्ष चरीवहादुर तामाङ वताउँनुहुन्छ । 
सभामुख र टुकीको सहयोगले राहत
सिन्धुपालचोक १ नम्वर क्षेत्रका सांसद तथा प्रतिनिधी सभा का सभामुख अग्निप्रसाद सापकोटाले गत साता पालिकाभित्रका सवै स्वास्थ्य केन्द्रलाइृ स्वास्थ्य सामाग्री उपलब्ध गराउनुभएको थियो ।
 पीपीइ, थर्मल गन, माक्स, सेनिटाईजर लगागततका सामाग्रीपाए पछि स्वास्थ्य जाँचमा सहज भएको वलेफी ६ का अध्यक्ष चित्रवहादुर तामाङ वताउँनुहुन्छ । त्यस्तै स्थानिय गैह्र सरकारी संस्था टुकी संघले पनि गाँउपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । 

, , , ,