ईन्द्रावतीलाई स्वास्थ्य सामाग्री

 नवलपुर
इन्द्रवती गाउँपालिकालाई बिश्वभर फैलिएको महामारी नोबेल कोरोना भाइरस रोकथाम र नियन्त्रणका स्वास्थ्य सामाग्री उपलब्ध गराईएको छ । 
नेपाली जनसम्पर्क समिती, गैरआवासिय नेपाली संघ जर्मनीका निबर्तमान अध्यक्ष बिजय मोक्तानले ईन्द्रावती गाउपालिकालाई अति आबश्यक पर्ने स्वास्थ्य सामाग्र उपलब्ध गराएका हुन् । असामान्य अवस्थामा अग्र मोर्चामा रहेर काम गर्ने डाक्टर,नर्स तथा अन्य स्वास्थ्यकर्मीका लागी अत्यावश्यक स्वास्थ्य उपकरणलगाएत अन्य स्वास्थ्य सामाग्री सहयोग  गरिएको नेपाली कांग्रेस मेलम्ची ११ का सभापति गणेश दुलालले जानकारि दिनुभयो ।  
 सहयोग गर्ने ने बि संघ  नेता एबम मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र संचालक समितीका पुर्ब अध्यक्ष कुमार दुलाल  मार्फत प्राप्त भइ  नेपाली कांग्रेस मेलम्ची न।पा वडा नम्बर ११ का सभापति गणेश दुलाल ने बि संघ बिद्यार्थी नेता प्रबिन कार्की सहितले इन्द्रावती गाउँ पालिका प्रमुख बंशलाल तामाङ लाई हस्तान्तरण गरेका हुन् । पीपीई, ग्लोब्स, माक्स, सेनिटाइृजर लगायतका सामाग्री वितरण गरिएको दुलालले जानकारि दिनुभयो ।

, , ,