बिद्यालय संचालनमा नआउदा सम्म दुर शिक्षा कार्यक्रम संचालनमा ल्याउन बागमती प्रदेशको आग्रह

अर्जुन शर्मा, चौतारा, बैशाख १८,
 बन्दाबन्दिको समयमा नियमित रुपमा बिद्यालय संचालनमा नआउदा सम्म बालबालिकालाई दुर शिक्षा कार्यक्रम संचालनमा ल्याउन साकाजिक बिकास मन्त्रालय बागमती प्रदेशले सम्पुर्ण स्थानिय तह तथा बिद्यालयलाई आग्रह  गरेको  छ ।
 बिहिबार बसेको मन्त्रि स्तरिय बैठकले यस्तो निर्णय  गरेको हो ।  उक्त बैठकले बालबालिकालाइ शिक्षा बाट बन्चित नबाउने सोचले बागमती प्रदेशभर स्थानिय तथा राष्ट्रिय स्तरका संचार माध्यम लगायतका अनलाइन तथा अफलाइन सिकाइका अबसरमा सहभागि गराउने व्यबस्था मिलाउने निर्णय समेत गरेको छ । 
लकडाउनको कारणले प्रकाशन गर्न नसकेको कक्षा १ देखि ९ सम्मका बिद्यार्थीको नतिजा प्रकाशन तत्काल गर्न साकाजिक बिकास मन्त्रालय बागमती प्रदेश हेटौडाले प्रदेश भित्रका सम्पुर्ण स्थानिय तह र बिद्यालयहरुलाइ आग्रह समेत गरेको छ । 
सरकारले लागु गरेको लकडाउनको उल्लङगन नहुने नतिजा प्रकाशन गर्न र भर्ना अभियान लिएर गाँउगाँउ पुग्न सहयोग गर्न समेत अपिल गरेको छ । नतिजा प्रकाशन पश्चात कक्षगत रुपमा किताबको व्यवस्था मिलाउन समेत मन्त्रालयले निर्देशन दिएको छ । 

, , , ,