लकडाउँनको समयमा दुरी कायम गरि खेती गर्न सकिने ः तामाङ्ग


अहिलेको समय भनेको अती महत्व र मुल्यवान समय हो यो समयको ख्याल गरेर आफु बच्न र अरुलाइ बचाउँन पर्ने पुर्ब कानुन  मन्त्री माननीय शेर बहादुर तामाङ्गले बताउँनु भएको छ ।

आज रमाइलो गरौ भोली लकडाउँनमा बसौला भन्ने होइन  त्यसैले सबै नागरिकले सरकारले तोके बमोजिमको लकडाउँनमा बसेर अहिलेको महामारी सँग लड्न सबै सँँग अनुरोध गर्नु भएको छ । उँहाले उक्त कुरा रेडीयो लोकप्रिय नेत्र ज्योती१०६.६ मेगहर्ज बाह्र्र बिसे लगायतका रेडीयोहरु सँँग कुरा गर्दै यस्तो बताउँनु भएको हो । बिशेष गरि औषधीको रुपमा रहेको गाँजा खेती बाट हामी नेपालीहरुको आर्थीक स्थिती सुधारिनुका साथै खेर गइ रहेको जमीनको समेत सदुपयोग हुने बताउँनु भयो । उाँहाले अब नेपालीहरुबिदेस जाने होइन आफ्नै परिबार सँग बसेर आफ्नै जन्म भुमीमा उत्पादनमुलक कामगरेर  बस्न पर्ने बेला आएको बताउँनु भयो । अहिले बिश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण बिदेसमा गएर कामगर्ने नेपाली  हरु  र उँहाको  परिबार लाइ परेको समस्याका कारण पनी यो अबस्था आएको बताउँनु भयो । अहिले धेरै नेपाली दाजुभाइ दिदिबिहिनीहरु आफ्नो परिबारको साथमा आउँन चाहेर पनी आउँन पाएका छैनन आफ्नै गाउँमा काम गर्नेबातबरण भएको भए कम्तीमा पनी सबै परिबार एकै ठाँउमा बस्न पाइने थियो भन्ने हरु धेरै भएका ले सके सम्म बिदेसिन नपरोस भनेर गाँजाखेतीका लागी पनी सहज बनाउन संसदमा पेश भइसकेको समेत बताउँनु भयो ।  हाम्रो नेपालमा पाइने त्यस माथी पनी पहाडी  क्षेत्रमा पाइने जडीबुडी को प्रयोग गर्नु आजको आबश्यकता भइ सकेको प्रष्ट पार्दै   आफु बाँचौ र अरुलाइ बचाउँ भन्दै अब नेपालीहरुले नेपालमा आफ्नै ठाँउमा उत्पादन मुलक काम गरेर स्वदेशमा नै रहन पर्नै बेला भएको तामाङ्गले बताउँनु भयोे । बिश्वमा फैलीएको महामारी कोराना भाइरसका कारण ठुला मुलुकहरुमा सङ्कट आइ परिसकेको छ । अब यो भयाबह स्थितीमा बैदेसिक रोजगारमा पनी समस्या आउँने अबस्था रहेको ले नेपालमा नै बसेर खेती गर्न आबश्यक भएको  समेत उँहाले बताउँनु हुँदै लग डाउँनको बेलामा पनी दुरीमा बसेर खेतीको काम गरिहन पर्ने बताउँनु भयो । गाँउ घरमा उत्पादन भएका खाद्यन्न र तरकारीको प्रयोग गर्न अनुरोध गर्दे प्राय तातोपानी खान, आफ्नै खेतबारीमा पाइने गुर्जाे, बोझो,जस्ता जडीबुडीको प्रयोग गरेर कोराना सँँग लड्ने क्षमता बृद्धी गर्न समेत आग्रह गर्नु भयो । उँहाले सरकारले नागरिककै सुरक्षाका लागी लग डाउनको ब्यबस्था गरेको र यो मौकामा केही नागगरिकहरुले  भेला हुने खशी काटेर मासु खाने जस्ता काम गरेको भन्ने सुन्नमा आएको छ । यो अबस्थामा त्यस्तो काम नगर्न र आबश्यक परे दुरीमा बसेर खेती गर्नु नत्र घर भित्र  बसिरहन समेत सबैलाइ आग्रह गर्नु भयो ।  बिदेसबाट आएका कोही भएमा नजीकको क्वारेन्टाइनमा बसेर आफु र आफ्ना परिबारबो ज्यानको सुरक्षा गर्न समेत आग्रह गर्दै क्वारेन्टाइनमा बस्न् भने को रोग लागेको मात्र भन्ने होइन तर रोग बाट बच्नका लागी तैयारी पनी भएको बताउँनु भयो । उँहाले यस घडीमा सबै ले सरकाले तोकेको मापदण्ड भित्र रहेर लकडाउँनको पुर्ण पालना गर्न  सबैमा आग्रह गर्नु भयो ।


, , , , , , ,