क्षेत्रीय क्वारेन्र्टाइनलाई स्वास्थ्य सामाग्री लिएर पुगे पुर्वकानुन मन्त्री

नेत्रबहादुर बस्नेत चौतारा      
पुर्व कानुन मन्त्री तथा सिन्धुपालचोक क्षेत्र नंम्वर  दुइ का सांसद शेरवहादुर तामाङले क्वारेन्टाईनका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । आज जिल्लामा रहेको तीनै वटा क्षेत्रिय क्वारेन्टाईन लाई पीपीए सेट, स्यानिटाईजर, माक्स, ग्लाब्सलगायतका सामाग्री हस्तान्तरण गरेका हुन् ।


 ग्रामिण महिला सिर्जनशील परिवारमा रहेको क्षेत्रिय क्वारेन्टाईनमा जिल्ला समन्वय ससितिका प्रमुख सहित क्वारेन्टाईन ब्यवस्थापन समितिको संयोजक तथा वाह्रविसे नगरपालिका प्रमुख निमफुञ्जो शेर्पालाई समाग्री हस्तान्तरण गरिएको हो ।
 त्यस्तै क्षेत्रिय क्वारेन्टाईन चौताराको लागि जिल्ला विपद् ब्यवस्थापन समितिका प्रमुख,  प्रमुख जिल्ला अधिकारी मार्फत क्षेत्रिय क्वारेन्टाईन ब्यवस्थापन प्रमुख तथा चौतारा साँगाचोक गढी नगरपालिका प्रमुख अमानसिंङ तामाङलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
 क्षेत्रिय क्वारेन्टाईन मेलम्चीमा पनि आजै उक्त सामाग्री हस्तान्तरण गरिने सांसद तामाङले जानकारी दिए । एक हजार पाँच सय माक्स, एक सय थान सेनिटाईजर, पन्ध्र सेट पीपीए, तीन हजार ग्लोब्स लगायतका सामाग्री वितरण गरिएको छ ।

, ,