कुनै समस्या परे फोन गर्न नगर प्रमुख निमफुञ्जेको अनुरोध


 सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाले पालीकाको   सबै स्वास्थ चौकी हरुलाइ स्वास्थ सामाग्रीहरु  बितरण गरेको छ । नगर प्रमुख निम्फुञ्जो शेर्पाले सबै सस्थ्य कर्मीहरुलाइ सचेत रहेर सबै खाले बिरामीको उपचारमा लागन अनुरोध गर्नु भयो ।

उँहाले  एएभ् ,पिपिइ सर्जिकल माक्स, लगायत आबश्यक सामग्री हस्तान्तरण गर्दै आपतको बेलामा गरेको सहयोगको सँधै मुल्याङ्कन हुने बताउँदै सबै स्वास्थ्य कर्मीहरुले चनाखो भएर काम गर्नु पर्ने बताउँनु भयो । बाह्रबिसे नगर प्रमुख निमफुन्जो शेर्पा  र उप प्रमुख शुशिला पाख्रनिले छुट्टा छुट्टै विभिन्न स्थानमा सामग्री हस्तान्तरण गर्नु  भएको हो । सो अबशरमा नगर प्रमुख शेर्पाले  सबै स्वस्थ चौकी हरु लाक्ष् सम्झाउँदै यो बेला विभिन्न रुपमा जनताको स्वस्थमा महामारीको रुपमा बिश्व सशङ्कीत भएको बेला यहाँ पनि नहोला भन्न सकिन्न तेसैले ! जनताको मौलिक हक भित्र पर्ने स्वास्थ रहन पाउनु पर्ने कुरालाइ गम्भीर भयर हामी लाग्नु पर्छ  भन्नु भयो । स्वस्थ चौकी मा बिरामी आउर उपचार गर्नु सहज बनाउँन र कुनै समस्या भएमा तत्काल   नगरपालिका मा फोन गर्न समेत स्वास्थ्य कायृलयहरुलाइ अनुरोध गर्नु भयो । उँहाले कुनै बिरामीहरुलाइ कतै लान परेमा  एम्बुलेन्स को ब्यबस्थापन गरियको तुरुन्तै प्रथमिक स्वास्थ केन्द्र बाह्रबिसे मा ल्यायर उपचार गरिन्छ   भन्न्ुा भयो । उँहालेक्वारेन्टाइन एटेज रुम सहित राम्रो ब्यबस्थापन गरेको छ ! आइसोलेन को राम्रो ब्यबस्थापन बाह्रबिसे नगरपालिका मा भएको हुँदा  शङ्कास्पद बिरामीलाइ गाउँको स्वास्थ चौकी बाट तुरुन्तै रिफर गर्नुस  पालीकाले  बाह्रबिसे मा ल्यायर उपचार  गर्ने ब्यबस्था मिलाएको बताउँनु भयो । औषधि को कमि हुनुभन्दा पहिला स्वास्थ शाखा मा फोन गर्नुस औसधि आबश्यक मात्रको नगरपालिकामा छ  यदि कुनै समस्या भयमा सिधै मलाइ फोन गर्नुस नगर प्रमुख  शेर्पाले स्वास्थ्य कर्मीहरु लाइ अनुरोध गर्नु भयो ।  त्यसै गरि समाग्र िहस्तानन्तरणका अबसरमा  उप प्रमुख पाख्रीनले बिशेष गरि महीला बृद्ध  अशत्त, असायहरुलाइ पहिलो प्राथमिकतामा राखेर उपचारमा सग्लगन पर्ने अबस्थामा बिश्वब्यापी रुपमा फैलिएको महामारीलाइ रोक्नका लागी सबै शक्ती लगाउँन पर्ने बेला आएकाले सम्भब भए सम्म स्वास्थ्य कर्मीहरुले यसलाइ बिशेष सतर्कताका साथ काम गर्नु पर्ने बताउँनु भयो ।  उँहाले नागरिकको ज्यानको सुरक्षाका लागी नागरिकलाइ सहयो गर्न नगरपालीकाले  कुनै पनी कसुर बाँकी नराखेको बताउँनु भयो ।

, , , , ,