सभामुखको पहलमा जिल्लाका ७३ वटा स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री

अर्जुन शर्मा, चौतारा,  
सभामुख अग्निप्रसाद सापकोटाको पहलमा  जिल्लाका ७३ वटा स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।


 सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्वर १ का सांसद तथा सभामुख सापकोटाले  जिल्लाका ७३ वटा स्वास्थ्य संस्थामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण र रोकथामका लागि आवश्यक स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउनु भएको हो ।
स्वास्थ्य संस्थाहरुमा बिरामी पुुग्दा उपयुक्त स्वास्थ्य सामग्रीको अभावमा चेकजाँच गर्न  अप्ठेरो भएको गुनासो आएपछि निर्वाचित जनप्रतिनिधि, संघीय संसद प्रतिनिधि सभाका सभामुख सापकोटाको पहलमा ती स्वास्थ्य केन्द्रहरुमा सामग्री पठाउनुभएको हो ।
पहिलो चरणमा उहाँको निर्वाचन क्षेत्रको  आठवटा स्थानीय तहका ५४ वडामा स्वास्थ्य सामाग्री वितरण सुरु गरिएको नेकपाका केन्द्रिय सदस्य माधव सापकोटाले जानकारि दिनुभएको छ । आज मंगलवार भोटेकोशी,लिसंखुपाखर गाँउपालिका, वाह्रविसे र चौतारा सँगाचोकगढी नगरपालिकामा सामाग्री वितरण गरिएको छ । ७३ स्वास्थ्य संस्थाका लागि स्थानीय विपद् व्यबस्थापन समिति मार्फत् स्वास्थ्य सामग्री हस्तान्तरण सुरु गरिएको हो  ।
स्वास्थ्य सामग्री नगर तथा गाउँपालिकाका प्रमुखहरुलाई हस्तान्तरण   गरिएको छ ।सबै स्वास्थ्य सामग्रीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ चिकित्सकहरुबाट प्रमाणित गरिएर बिरण गरिएको केन्द्रीय सदस्य सापकोटाले बताउनुभयो । उपलब्ध गराइएका पिपिई सेट पुन प्रयोग गर्न सकिने किसिमका रहेका छन् ।
सामाग्री बुुझेपछि स्थानीय तहका प्रमुुखहरुले सभामुख सापकोटाको पहलप्रति खुशी व्यक्त          गरेका छन् ।
स्थानीय तहका जनप्रतिनिधिहरुले संकटमा एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता गर्देै सभामुख सापकोटालाई धन्यावाद समेत व्यक्त गरेका छन् ।
हस्तान्तरण गरिएका सामाग्रिमा स्वास्थ्य संस्थाका लागि पिपिई सेट, थर्मल गन, स्यानिटाइजर, एन–९५ मास्क, पंजा, बुटलगाएत सामाग्री रहेको सापकोटाले जानकारी दिनुभएको छ ।उहाँका अनुसार सुनकोशी, बलेफी र जुुगल गाउँपालिका भित्रका स्वास्थ्यसंस्थाहरुका लागि  भोलि स्वास्थ्य सामग्री वितरण गरिने छ  ।

, , , ,