बन्दाबन्दीको १ महिनाको समयावधिमा १२८ जना महिला र बालिका माथि हिंसा

काठमाडौं,
चैत्र ११ देखि बैशाख ११ सम्मको समयमा १२८ जना महिला तथा बालिका माथि विभिन्न प्रकारको हिंसा भएको पाईएको छ । महिला पुर्नस्थापना केन्द्र (ओरेक) कार्यकारी निर्देशक लुभराज न्यौपानेले जारी गरेको बिज्ञप्तिकोमा भनिएको छ ।

महिला पुर्नस्थापना केन्दले जारी गरिएको बिज्ञप्तिमा लेखिएकाृ छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्धारा सञ्चालन गरिएको ३ वटा हटलाईन र २८ जना मनोपरामर्शकर्ता मार्फत १५ वटा जिल्लाहरु बाट बन्दाबन्दी शुरु भएदेखि १२८ जना महिला तथा बालिका माथि घटेका हिंसाका घटनाहरु अभिलेखिकरण भएका छन् । जसमा ७२ वटा घरेलु हिंसा, १४ वटा सामाजिक हिसा, १८ वटा बलात्कार, २ वटा बलात्कारको प्रयास, १ वटा हत्या, २ वटा हत्या वा आत्महत्या अनुसन्धानको क्रममा रहेको, ५ वटा यौन दूव्र्यवहारका घटना, १० वटा आत्महत्या, २ वटा आत्महत्याको प्रयास, २ वटा हत्याको प्रयासका घटना रहेका छन् ।
हिंसा गर्ने व्यक्तिहरुमा सबैभन्दा बढी ५४ जना श्रीमान् रहेका छन् र २९ जना परिवारको सदस्यहरु रहेका छन् । त्यसैगरि २७ वटा घटनाहरुमा छिमेकी, ६ वटामा प्रेमी ठानिएका व्यक्ति, १ घटनामा साथी, १ घटनामा घरमालिक रहेको पाईएको छ भने १० वटा घटनामा पीडकहरुको पहिचानहुनबाँकि रहेको छ । बलात्कारका घटनाहरु भने १३ वटा छिमकीबाट, १ घटना बुबावाट, १वटा परिवारको सदस्यबाट, १ प्रेमी ठानिएका व्यक्तिबाट र २ पहिचान नखुलेको व्यक्तिबाट भएको पाईएको छ ।
संस्थामा अभिलेखिकरण भएका घटनाहरुमध्ये ५१ ज्ना प्रहरीमा उजुरी दर्ताका लागि गएको, १५जना मेलमिलाप समितीमा गएको, १५जना हिंसा सहनन सकेर आमाबुवाको घर÷ आफन्तकोमा गएर बसिरहेका र बाँकि प्रभावितहरुले कुनै पनि निकायमा सहयोगका लागि हाल उजुरी गरिनसकेकोर वातावरण सहज भएपछि सम्बन्धीत निकायमा जाने बताएका छन् ।
कोभिड १९ को भाइरसले फैलाएको विश्व्यापी महामारी कारण नेपालमा चैत्र ११ गते देखि शुरु भएका ेबन्दाबन्दी १ महिना पुगिसकेको छ । यस महामारीको जोखिमबाट नागरिकलाई सुरक्षित राख्नका लागि तिनै तहका सरकारद्वारा जिम्मेवारीपुर्ण कार्य भईरहेको छ । कोरोनाको संक्रमणसँगै, यस बन्दाबन्दीको समयमा महिला तथा बालिका माथि भएको र हुनसक्ने हिंसाको सम्बोधनका लागि सरकारले थप गम्भीरता र संबेदनशीलताका साथ आवश्यक कार्यहरु गर्नुपर्ने आवश्यक देखिन्छ ।
आफ्ना नागरिकहरुलाई हरेक किसिमको जोखिमबाट सुरक्षागर्ने, हिंसा, अन्यायहुनबाट संरक्षण गर्ने र हिंसामा परेकालाई सहयोग गर्ने प्रमुख जिम्मेवारी राज्यको हो । धेरै तथ्यहरुले परिवारका सदस्य र आफ्नै समुदायका व्यक्तिहरुबाट महिलामाथि हिंसा हुने गरेको सत्य बाहिर ल्याईसकेको छ । यस स्थितीमा महिला र बालिकाहरु हिंसाको उच्च जोखिममा रहेको तथ्यलाई स्वीकार गर्दै, हिंसा प्रभावितका लागि जस्तोसुकै परिस्थितीमापनि सरकार हिंसा र विभेद विरुद्ध गरेको प्रतिबद्धता पुरा गर्न तयार छ भन्ने सन्देश समुदाय स्तरसम्म पु¥याउनु आवश्यक छ ।
सुदुर पश्चिम प्रदेशको गौरी गंगा नगरपालिमा बन्दाबंदीको अबधिमा हिंसा प्रभावित भएका महिलाहरुका लागी बिशेष सुरक्षित गृहको व्यवस्था गरेकोमा यस संस्था गौरीगंगा नगरपालिकालाई धन्यवाद दिंदै अन्य पालिकाहरुलाई पनि हिंसा प्रभावितका लागि सहयोगी संयन्त्रहरु स्थापनागर्न र भएका संयन्त्रहरुको प्रभावकारी कार्यान्वयन हुने वातावरणतयार गर्नका लागि अनुरोध गर्दछ ।
अझपनिधेरै जिल्लामा सुत्केरी हुनजाने महिलालाई अस्पतालले नलिने, राम्रो सेवाप्रदाननगर्ने जस्तो स्थिति सिर्जना भएको छ । सुत्केरी हुने महिलाहरुका लागि सहज सुत्केरी हुने ब्यवस्थाको कमी एवं गर्भवती महिलाका लागि सुरक्षित तवरले खोप, आईरन चक्की, नियमित जांच जस्ता कुराहरुमा अझैं सुधार गर्नुपर्ने सुझाव समुदायस्तरबाट आएको छ । यसर्थ यस तर्फसमेत सरकारको ध्यानाकर्षण गराउँदै महिला तथा बालिकामाथि हुने हिंसा रोकथाम र हिंसा प्रभावितको न्यायको अधिकार सुनिश्चित गर्न हामी सरकारलाई अपिलगर्दछौं ।
१. हिंसा विरुद्ध नेपालसरकारले लिएको शून्य सहनशिलतालाई यस प्रकोपको अवस्थामा समेत कायम राखि, हिंसाको उजुरी गर्ने वाचाहने बालिका तथा महिलाका लागि उजुरी गर्न सहज वातावरणको सिर्जना गर्नुपर्ने ।
२. हिंसा प्रभावितका लागि स्थापना भएका सहयोगी संयन्त्रहरुले हिंसा प्रभावितको आवश्यकता अनुरुप सुरक्षा आवास, मनोपरामर्श, स्वास्थ्य तथा कानुनी सहयोग सेवालाई संक्रमणको सुरक्षाअपनाई निरन्तरता दिनुपर्ने ।
३. यस महामारीको अवस्थामा महिला तथा वालवालिकाहरु मथि भएका हिंसाका घटनाहरुलाई तत्काल सम्बोधनगर्न प्रत्येक स्थानीयतहमा अल्पकालिन सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने ।
४. सबै अस्पतालमा गर्भवती र सुत्केरी महिलाहरुका लागि आवश्यक पर्ने सेवाहरु सुचारु गर्नुपर्ने । बर्थिंग सेन्टर, प्राथमिक स्वास्थ्यचौकी, अस्पताललाई नियमित सेवा प्रदान गर्नका आवश्यक सुरक्षा सामाग्रिहरु प्रदान गर्नु पर्ने ।
५. गर्भवती, सुत्केरी, सानो बच्चाहुने महिलातथा जेष्ठ नागरिकको लागि क्वारेन्टाइन स्थलमा बिशेष व्यवस्था र राहतवितरण गर्दा पौष्टिक खानेकुरा लगायतका अन्य आवश्यकताको ख्याल गर्नु पर्ने ।
६. प्रत्येक स्थानीयतहमा हिंसा प्रभावित वा कुनै पनि प्रकारको अप्ठ्यारोमा परेका महिलालाई तत्काल उजुरी दिने, प्रतिक्रियादिने, आवश्यक सहयोग तथा  सम्प्रेषण गर्ने व्यवस्था सहितको हटलाईन सुचारु गर्नुपर्ने ।



, ,