कोरोना सँग लडन सम्पुर्ण तयारी पुरा छः नगरप्रमुख अमान सीं तामाङ

अर्जुन शर्मा चौतारा,
चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुखलाई लोकप्रिय समाचार दैनिक र लोकप्रिय समाचार अनलाइनको लागि लोकप्रिय समाचार दैनिकका कार्यकारी सम्पादक अर्जुन शर्माले गर्नुभएको छोटो कुुुराकानी 

१. कोरोना भाइरस कोभिड (१९) को नियन्त्रणको लागि तपाईको यस चौतारा साँगाचोकगढी नगरपालिकाको तयारी के कस्तो रेहको छ ?

यस नगरपालिकाको वडा नं. ७ मेलचौरमा १४ बेडको क्वारेन्टाइन, चौतारा अस्पतालमा र जि.स.स.मा गरेर १० बेडको आइसोलेसन वार्ड निर्माण गरिएको अवगत नै छ । मेलचौर स्थित क्वारेन्टाइनमा राखिएका ५ जनालाई आज घर पठाइदैछ ।
हिजो नगरपालिकाको विषयगत समिति संयोजकहरुको बैठकले रु.५० लाखको कोष स्थापना गरेको छ जुन कोरोना भाइरस कोभिड (१९) को नियन्त्रणको लागिखर्च गरिनेछ ।
यस चैत्र महिना भित्र देश बाहिर बाट नगरपालिका भित्रिएका सबैजनाको घरमै गएर स्वास्थ्य परिक्षण गर्ने तयारी गरिएको छ ।
२. के तपाइको नगरभित्र सरकारले तय गरेको लक डाउनको पुर्ण रुपमा पालना भएको छ ?
बजार क्षेत्रमा भन्दा गाँउ घरमा अलि समस्या देखिएको छ,अटेरी गर्नेहरुलाई प्रहरी प्रशासनको सहयोगमा कारबाहि पनि गरिएको छ । नगरपालिका छिर्ने हरेक नाकामा प्रहरीले निगरानी राखेको हुनाले सजिलो भएको हो ।
३. नगर पालिकामा रहेको क्वारेन्टाइन र आइसोलेसनमा स्वास्थ्य सामाग्री प्रयाप्त रहेको छ ?
अहिले सम्म पर्याप्त छ कुनै समस्या छैन । चाप बढेको अवस्थामा केहि कमिभइहाल्यो भने तुरुन्त माथिल्लो निकायमा समन्वयमा गरिने छ । कुनै अभावहुन दिइने छैन ।

४. नागरीक सचेतना सम्बन्धि कार्यक्रमहरु नगरभित्र केके गरिएको छ ? के सम्पुर्ण नगरबासी सचेत छन् ?
माइकिङ, रेडियोबाट सुचना प्रसारण, सुचनामुलक फ्लेक्स प्रिन्ट गरि सार्वजनिक स्थलमा राख्ने, स्वयंसेवक टोलि बनाइ टोलटोलमा परिचालन गर्ने इत्यादी कामहरु भइरहेका छन् । त्यस बाहेक विभिन्न अनलाइनहरु सामाजिक सञ्जाल र संचार माध्यमहरु मर्फत समेत कोरोना सम्बन्धि ब्यापक रुपमा जानकारीहरु आइरहेकोले नगरबासीहरु सचेत नै छन् भन्ने लाग्छ ।
५.यदि नगरपालिका भित्र बिपत आइहालेमा एम्बुलेन्स तथा स्वास्थ्य सामाग्रिमा समस्या त आउदैनन नि? खाडिचौरमा आइतबार भएको समस्या दोहोरीने त हैन?
त्यस घटनाले हामी सबैलाई पाठ सिकाएको छ । हामीत्यस्तो हुनदिने छैनौँ, नगरपालिकामा ६ वटा एम्बुलेन्स तयारी हालतमा छन् । एम्बुलेन्स चालकहरुलाई सही अभिमुखिकरणको खाँचो चाहिँ देखिएको छ ।
६.कोरोना रोकथाम तथा नियन्त्रणमा तपाई एक्लै लाग्नुभएको छ कि, सम्पुर्ण कार्यपालिका टिमको नै सहयोग रहेको छ ?कसरी कार्यक्रम तय गरिरहनु भएको छ ?
म एक्लैले कोरोना जस्तो रोग रोकथाम र नियन्त्रण गर्न सक्ने कुरा होइन, जिल्लाका सम्पुर्ण सारोकारवाला निकायहरु जस्तै जिल्ला समन्वय, जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला जनस्वास्थ्य, अस्पताल,  गैरसरकारी संस्था, पत्रकार, नगर कार्यपालिका, वडा कार्यालय तथा सम्पुर्ण नगर बासीहरुको उत्तिकै भुमिका हुन्छ ।  सहयोग पनिपाइरहेको छु, सबैको सल्लाह सुझाब अनुसार कार्यक्रमहरु तय हुने गरेको छ ।
७. के तपाईको नगरपालिकामा कोरोना रोकथाम कोष बनेको छ ? कति रकमको बनेको छ या बन्ने तयारीमा छ ?
यस नगरपालिकामा विपद् व्यवस्थापन तथा कोरोना रोकथाम कोष स्थापना गरिएको छ ।  नगरपालिकाले रु ५० लाख विनियोजन गरिसकेको छ र कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि स्वैच्छिक रुपमा सहयोग पु¥याउन चाहनु हुने उद्योगी, ब्यापारी, बैंक तथा वित्तिय संस्था, गैह्रसरकारी संघ संस्था तथा सम्पुर्ण महानुभावहरुले यस नगरपालिकाको नेपाल बैँक लिमिटेड चौतारा शाखामा रहेको विपद व्यवस्थापनको लागि खोलिएको खाता नं. ०५७००१०६४२०४११०००००१ मा रकम जम्मा गर्न सकिने व्यहोरा सम्पूर्णमा हार्दिक अपिल गरेको छु ।
८.हालसालै बिदेशबाट फर्किएका मानिसको तथ्याङक कति रहेको छ ? के तिनिहरु नगरपालिकाको सम्पर्कमा रहेका छन् ? के सम्पुर्णको नियमित रुपमा स्वास्थ्य परिक्षण गराइराख्नु भएको छ ?
विदेबाट फर्किएर विभिन्न समयमा नगरपलिका भित्रिएकाहरु संख्या ४२ रहेको छ । उनिहरु हाम्रो सम्पर्क र निगरानिमा छन् । विदेशबाट नेपाल छिरेको दुइ हप्ता नपुगेकाहरुलाई क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छु । विभिन्न वडाका त्यस्ता ६ जनालाई क्वारेन्टाइनमा राखि नियमित स्वास्थ्य परिक्षण गरिएको छ । 
९.तपाई जिल्ला संकट व्यवस्थापन केन्द्रको  सल्लाहाकारको भुमिकामा पनि रहनुभएको छ । समग्र जिल्लाको विपद व्यवस्थापनका लागि भए गरेकाकार्यहरु केके छन् ?
२०७६ चैत्र २० गते मन्त्रिपरिषद्ले गरेको निर्देशनअनुसार जिल्ला संकट व्यवस्थापन केन्द्र चैत्र २३ गते स्थापना भएको हो । डिसिएमसीले निम्नानुसारको निर्णय गरेको थियो ।
क. सबै स्थानीय तहमा स्थानिय संकट व्यवस्थापन केन्द्र गठन गर्ने र सर्तहरु पालना भएन भएको अनुगमन गर्ने,  
ख. बालि लगाउने र उठाउने विषयमा समन्वय गर्न स्थानीय वडा कार्यालय र नजिकको प्रहरी कार्यालयलाई समन्वयात्मक काम गर्न निर्देशन दिने ।
ग. पेट्रोल पप्पनजिकका सवारी मर्मत केन्द्र खोल्न दिने । 
घ.आवश्यक निर्देशन, समन्वय र रिपोर्टिङ जिल्ला कमान्ड पोस्टले गरि रहेकोमा अब जिल्ला संकट व्यवस्थापन केन्दले काम गर्ने ।
१०. अन्त्यमा केही?
कोरोना रोग रोकथाम र नियन्त्रण गर्न जिल्लाका सम्पुर्ण सारोकारवाला निकायहरु  जिल्ला समन्वय, जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला जनस्वास्थ्य, अस्पताल,  गैरसरकारी संस्था, पत्रकार, नगर कार्यपालिका, वडा कार्यालय तथा सम्पुर्ण नगरबासीहरुको अझै सक्रिय भुमिका आवश्यक परेकोले सबैले आआफ्नो ठाँउ बाट सक्दो सहयोग गरौँ र लकडाउनको पुर्ण पालना गरौँ भन्न चाहन्छु र यस लोकप्रिय समाचर दैनिकलाई बिशेष धन्यवाद दिन चाहन्छु यस अबसरका लागि ।


, , , , ,