दुवाचौर सामुदायिक युवा क्लबद्धारा स्वास्थ्य सामाग्रि सहयोग

मेलम्ची,
दुवाचौर सामुदायिक युवा क्लबले मेलम्ची नगर पालिकाका दुईओटा स्वास्थ्य संस्थालाई विभिन्न स्वास्थ्या सामाग्री सहयोग गरेका छन् ।

मेलम्ची ७ मा रहेको दुवाचौर स्वास्थ्य केन्द्र र मेलम्ची ८ मा रहेको क्यौरानी स्वास्थ्य इकाइलाई वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ र ठन्कराज गिरि मार्फत पन्जा १०० पिस, सर्जिकल मास्क ४० पिसको दरले प्रदान गरिएको क्लबका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिनुभएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि क्लबले देखाएको तदारुकता प्रति आभार प्रकट गर्दै क्लबलाई दुबै वडाका अध्यक्षले धन्यबाद दिनुभएको छ  । यसैगरी अभावको बिचमा पनि क्लबलाई स्वास्थ्य सामग्रीहरु उपलब्ध गराई दिएकोमा कर्मादा इन्जिनियरिङ प्रा.लि. लाई अध्यक्ष श्रेष्ठले धन्यवाद दिनुभएको छ ।  साथै क्लबले आगमी दिनहरुमा पनि सक्दो सहयोग गर्ने श्रेष्ठको भनाई थियो ।

, , , ,