जुगल आवत जावतमा पूर्ण रोक, समस्यामा परेकालाई डेरामै पुगेर खाद्यान्न

चौतारा,
स्थानीय तहहरुले उपत्यकाबाट धमाधम आफ्ना नागरिकलाई गाउँ ल्याईरहेका बेला जुगल गाउँपालिकाले कुनैपनी तवरले आवत जाव गर्न नदिने संकल्प गरेको  छ ।
 अर्को ब्यबस्था नभएसम्मका लागो जहाँ छौँ, त्यहिँ रहौूँ को नीति पालन गर्न आग्रह गर्दै समस्यामा परेकाहरुलाई जो जहाँ छन त्यहिँ पुगेर राहत सामाग्री प्रदान गर्ने जुगल गाउँपालिकाले शुक्रवार पारित गरेको संकल्प प्रस्तावमा उल्लेख छ ।
दैनिक ज्यालादरी मजदुरी गरि आएका र उपत्यकामा फसेका जुगलबासीको परिवार संख्याका आधारमा राहत पुर्याउने जुगल गाउँपालिका अध्यक्ष , उपाध्यक्ष  र वडाध्यक्षहरुले हस्ताक्षर गरेको संकल्प प्रस्ताबमा उल्लेख छ । जस्लाई जहाँ समस्या परेको छ त्यहिँ राहत सामाग्री पुर्याउँछौ, आवतजावतलाई निषेध नै गर्ने नीति लियौँ, अध्यक्ष होमनारायण श्रेस्ठले भन्नुभयो ।
पछिल्लो केही दिनयता लकडाउनकै अवधिमा कोचाकोच गरेर उपत्यकाबट मानिसहरु ल्याईएका कारण संक्रमणको जोखिम बढिरहेको भन्दै जुगलले यस्तो साझा संकल्प प्रस्ताव पारित गरेको हो ।  थर्मल गनले ज्वरो नापेर धमाधम मानिसहरु ल्याईँदैछ, यस्ले झन जोखिम बढाउँछू अध्यक्ष श्रेस्ठले अन्य गाउँ नगरप्रती लक्षित गर्दै भन्नुभयो ।रासस 

, , , ,