बढी मुल्यमा प्रेट्रोल बेच्ने मेलचौर पेट्रोल पम्पका महेश पक्राउ


बिश्वभर माहमारीको रुपमा फैलेरहेको कोरोना भाईसर  को नियन्त्रणको लागी नेपाल सरकारले गरेको लकडाउनको समयमा बढी मुल्यमा पेट्रेल बेच्ने कालाबजारीलाइ जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले पक्राउ गरी  कार्बाहीका  अगाडी बढाएको छ ।

सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यलय का सुचना अधिकारी प्रहरी नायब उपरिक्षक माधब काफ्लेका अनुसार  चौतारा साँगाचोक गढी न.पा. वडा नं. ७ मेलचौर स्थित जयमाता बनदेवी फ्युल सेन्टरले बजार मुल्य भन्दा बढी मुल्य लिई पेट्रोल बिक्रि गरी रहेको अवस्थामा मिति २०७६चैत्र२० गते दिनको ४ बजेको समयमा पेट्रोल पम्पमा कार्यरत कर्मचारीबाट बिल नदिई  बजार भाउ भन्दा बढी प्रतिलिटर ने रु. ११० को दरले पेट्रोल  बेचिरहेको अवस्थामा  जिल्ला कपिलबस्तु  बिजयनगर गा.पा. वडा नं. ५ बस्ने बर्ष ३३ को महेश कुमार चौधरीलाई पक्राउ गरीएको हो । पक्राउ परेका चौधरी माथी  अनुसन्धान गर्ने कार्य जारी भईरहेको समेत काफ्लेले जानकारी दिनु भएको छ । यस अघी पनी उक्त पम्पमा पेट्रेल आएकै दिन सकिएको भन्दै प्राय पम्प  बन्द रहेको देखीन्थ्यो ।


, , , , , , ,