काम गर्न सहज नै भएको महसुस गरेकी छुः वडा सचिब पुनम भण्डारी

बैतडी जिल्ला पाटन नगरपालिका वडा नं. ६ मा पिता भरत सिंह भण्डारी र माता विस्ना भण्डारीबाट बि.स.२०४८,०८,१६ मा जन्मनु भएकी सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १० र १३ मा कार्यरत वडा सचिब पुनम भण्डारीसँग लोकप्रिय समाचारले गरेको छोटो कुराकानी 

१.यँहाको परिचय दिनुहोस न ?
जन्म स्थानः पाटन न.पा.–६, बैतडी, ७ नं. प्रदेश
स्थायी ठेगानाः पाँचपोखरी थाङ्गपाल गा.पा.–१, सिन्धुपाल्चोक, बाग्मती प्रदेश 
शैक्षिक योग्यताः बिबिएस, एलएलबि, पोल्टिकल साइन्समा  मास्टर 
२.हाल बिश्वब्यापी रुपमा फैलिएको कोरना भाइरसका बारेमा यो महामारी नियन्त्रण तथा रोकथाममासरकारले गरेका कामहरुको बारेमा वडा बाट के के काम भइ रहेको छ ? 
कोरोना भाईरस बारे सचेतनामूलक पर्चा पम्पलेट वितरण गरियो । कोरोना भाईरस बारेमा माईकिङ्ग गरी सचेतना बढाउने कार्य गरियो,१ घर १ साबुन र १ व्यक्ति १ मास्क वितरण गरियो ।
सामाजिक दुरी कायम गर्न र सेल्फ क्वारेन्टाइनमा बस्न अभिप्रेरित गर्ने । अनावश्यक भिडभाड हुन नदिन खाद्यान्न र औषधी पसल बाहेकका अन्य पसलहरु बन्द गराईयो । 
वडाको प्रवेशद्वार (जल्केनी) मा हेल्थ डेक्स राखी अन्यत्रबाट आउनेको स्वास्थ्य परिक्षण गरि आवश्यक परेमा मेल्चौरको क्वारेन्टइनमा समेत पठाउने गरेको । यि र यस्ता गतिबिधि गरिरहेका र्छौ । 
३.सरकारले आफना नागरिकको सुरक्षाको लागी लकडाउँनको ब्यबस्था गरेको छ तपाईको घर बैतडीमा तपाईलाई काम गर्न कतीको सहज भएको छ ?
मेरो माईति घर बैतडी भएता पनि मेरो स्थायी ठेगाना सिन्धुपाल्चोकको पाँचपोखरी गा.पा.–१ रहेको र हाल म कार्यरत चौतारा साँगाचोकगढी न.पा. वडा नं. १० र १३ मा रहेका वडा अध्यक्ष र कर्मचारी साथीहरु अत्यन्तै मिलनसार र मेहेनती भएको हुनाले मलाई काम गर्न सहज नै भएको महसुस गरेकी छु । 
४. जनप्रतिनिधिहरु बाट कर्मचारिहरुलाई यस अघि र अहिले गरिने गरेको ब्यबहारमा के भिन्नता छ की छैन  ?
यस अघि मैले जनप्रतिनिधी बिहिन अवस्थामा काम गरेको थिए । विषेश गरि भुकम्प आए पछिका दिनहरुमा जनप्रतिनिधी नहुँदा राहत वितरण लगायतका अन्य कार्यहरु गर्न अत्यन्तै कठिनाई भएको तर हाल यस कोरोना भाईरस संक्रमणको अवस्थामा जनप्रतिनिधीहरु निकै नै उत्तरदायी रुपमा दिनरात खटिई रहनु भएको पाएको छु ।
५.नगरपालिका र तपाइले काम गरेको वडाहरुमा लक डाउँनको कतिको प्रभाब परेको छ लकडाउँनका बेला त्यँहाको सरकारले नागरिकलाइ के सुबिधा दिइएको छ  ?
लकडाउनको धेरै नै प्रभाव परेको छ । दैनिक ज्यालादारीमा निर्भर वडाबासी परिवार र अन्यत्रबाट आएका मजदुरहरुको चुलो नबल्ने अवस्था रहेको घर परिवारलाई नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम खाद्यान्न राहत स्वरुप उपलब्ध गराईएको छ ।
६.यो लक डाउनलेनियमित बिकास, शिक्षा तथा कृषी क्षेत्रमा कतिको प्रभाब पारेको छ यसलाइ कसरि ब्यबस्थापन गरिएको छ संञ्चार कर्मी, सुरक्षाकर्मी स्वास्थ्य कर्मी राष्ट सेवक कर्मचारीको सुरक्षाका लागि के कस्ता  कार्यक्रम  गर्न सुझाब दिनु हुन्छ
लकडाउनका प्रभावहरु के कस्ता रहेका छन ? छोटकरीमा बताउनुस न ?
विकास निर्माणका कार्यहरु पूर्ण रुपमा रोकिएका छन्,
वडाभित्रका सबै विद्यालय, सहकारीहरु समेत बन्द छन्,
सामाजिक दुरी कायम राखी केही मात्रामा कृषि सम्बन्धी कार्यहरु भईरहेका छन्,
व्यवस्थापनः
कृषि क्षेत्रलाई निरन्तरता दिनका लागि समयमै आवश्यक मात्रामा बिउ, बिजन, रासायनिक मल ईत्यादिको व्यवस्था मिलाउदै छौ,
सुझावहरुः
संञ्चार कर्मी, सुरक्षाकर्मी, स्वास्थ्य कर्मी, राष्ट सेवक कर्मचारीको सुरक्षाका लागि आवश्यक मात्रामा मास्क, सेनिटाईजर, ग्लब्स लगायतका सामग्रीहरुको व्यवस्था गर्नुपर्ने,
७. लकडाउँनका बेलामा समस्यामा परेका दैनिक ज्यालादारि मजदुरहरुको बिषयमा वडा कार्यलयले कसरी ब्यबस्थापन गरेको छ । 
दैनिक ज्यालादारी मजदुरहरुको चुलो नबल्ने अवस्थामा रहेका घर परिवारलाई नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम खाद्यान्न राहत स्वरुप उपलब्ध गराईएको छ भने यस कार्यको अनुगमन समेत गरि निरन्तरता दिने प्रयास गरिरहेका छौ ।
८.अन्तमा यँहाको भनाइ केही बाँकी छ की ?
विश्व स्वास्थ्य संगठनले नै कोरोना भाईरसलाई महामारीको रुपमा घोषणा गरिसकेको हुँदा नेपाल सरकारले तोके बमोजिम लकडाउन र अन्य सम्पूर्ण नियमको पालना गर्नुहुन सबैलाई अनुरोध गर्न चाहन्छु । 

, , , ,